काठमाडौं- संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता भएर बनेको समाजवादी पार्टीको पदाधिकारी घोषणा गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित एकता समारोहमा डा बाबुराम भट्टराईले पदाधिकारीको नाम पढेर सुनाएका थिए। संघीय परिषद् अध्यक्षको नाम भने उपेन्द्र यादवले पढे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ पदाधिकारीको नामावली संघीय परिषद्का अध्यक्ष– डा बाबुराम भट्टराई केन्द्रीय समितिका अध्यक्ष– उपेन्द्र यादव वरिष्ठ नेता– अशोककुमार राई सहअध्यक्ष– राजेन्द्रप्रसाद श्रेष्ठ उपाध्यक्ष– नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई महासचिव– गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव उपमहासचिव– डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी सचिव– मोहम्बद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह कोषाध्यक्ष– विजयकुमार यादव