करुणा दिदी, म एउटा अनौठो वैवााहिक सम्बन्धमा छु । विवाह भएको १० वर्ष भइसक्यो । तर, आजसम्म पनि हामी एउटा कोठामा बस्ने असल साथीजस्तो मात्रै छांै । विवाह भएको पहिलो वर्ष लगभग १५ पटकजस्तो मात्रै हामीवीचमा यौन सम्बन्ध भयो । त्यसपछि मेरो श्रीमानमा यौनईच्छा नभएको महसुस गर्न थालंे । मैले सोध्दा पनि उहाँले यो कुरा स्वीकार गर्नुभयो । त्यसयता वर्षमा एक वा दुईपटक यौनसम्बन्ध हुन्थ्यो । आजभोलि त त्यो सम्बन्ध पनि अन्त्य भएको छ ।
हाम्रो मागी विवाह भएको हो । विवाह गर्दा उहाँ २८ वर्षको हुनुहुन्थ्यो र म २६ की थिएँ । यस विषयमा म निकै चिन्तामा थिएँ र छु पनि । तर, उहाँले यसलाई गम्भीर रुपले लिनु हुन्न । उहाँलाई कोठामा चाही मसँगै सत्नुपर्छ । उहाँ सुत्ने ओछ्यानमा सुतिनँ भने छटपटि हुन्छ भनेर सँगै सुत्न आग्रह गर्नुहुन्छ ।
यो कुराबाट आजित भएका बेला म कहिलेकाहीँ रीसले छोडपत्र गराैं भन्छु । तर, समाज, माईती र उहाँकै मायाका कारणले फेरि रोकिन्छु । रीसको सुरमा कहिलेकाही जथाभावी पनि भन्छु । अब यसको उपाय के होला ? हामीवीच कुनै यौन सम्बन्ध भएन भने यस सम्बन्धलाई अगाडि बढाउन उचित हुन्छ होला ? उहाँको यौनईच्छा बढाउन के गर्नुपर्ला ?
नेपालमा कमै सुन्नमा आउने यस्ता घटनाबाट तपाईं गुजि्ररहनुभएको छ । ढिलो भए पनि यौन मनोविश्लेषकको सहयोग लिने उपाय अबलम्बन गरेको देख्दा मलाई निकै खुसी लागेको छ । यसका लागि सर्वप्रथम तपाईंलाई धन्यवाद दिन चाहन्छु ।
‘सेक्सलेस म्यारिज’को समस्या हुन सक्छ
अँग्रेजीमा एउटा भनाइ छ वैवाहिक जीवनमा यौन सम्बन्ध नहुनुमा कतिपय अवस्थामा एकअर्का वीचमा हुने सञ्चारको स्तरले पनि फरक पार्छ । चिकित्साको भाषामा कुनै पनि दम्पत्तीको एक वर्षमा १० पटक वा सो भन्दा कम यौन सम्बन्ध छ भने त्यसलाई सेक्सलेस म्यारिज भनिन्छ ।
धेरैजसो व्यक्तिहरुले महिलाहरुमा भन्दा पुरुषहरुमा यौनईच्छा बढी हुन्छ भन्ने धारणा राख्दछन् । तर, महिलामा पनि यौन चाहना हुनु स्वाभाविकै हो । हालै यससम्बन्धी अमेरिकामा गरिएको अनुसन्धानका अनुसार सातजना जोडीमा एक जोडी ‘सेक्सलेस म्यारिज’बाट गुज्रिरहेका छन् ।
सामाजिक भनाइका अनुसार प्रायः महिलाले यौन सम्बन्धलाई टाढा बनाउने गर्छन् । तर, वास्तवमा पुरुषहरु पनि यौन ईच्छा नराख्ने पनि हुन सक्छन् ।
तपाईको यो समस्याको स्रोत धेरै हुन सक्छ । तपाईको प्रश्न सुन्दा तपाईको श्रीमान अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ । दोस्रो, तपाई र तपाईको श्रीमानको वीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ ।
सामाजिक कुराहरुलाई लिएर हरेक दिन गुनासो गर्नै र अरुको श्रीमानसँग आफ्नो श्रीमानमा नभएका कुराहरुसँग दांज्ने गर्दा पनि एकअर्का प्रति सम्मान गर्ने बानी र स्वाभावमा समस्या थपिन थाल्छ र समस्या भएको हुनुपर्छ । एकअर्का प्रतिको आकर्षणमा समस्या पर्न थालेको हुन सक्छ । परस्त्रीगमन पनि हुन सक्छ । अथवा भनौं, मानसिक तनावका धेरै स्रोतहरु हुन सक्छन् । तिनीहरुलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ ।
हाम्रो समाजमा धेरै मानिसहरु विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिने गर्छन र तत्काल विवाह गरिहाल्छन् । एकअर्कालाई राम्ररी बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरु पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् । तपाईको समस्याको वास्तविकतामा पुग्नु अगाडि यस्ता धेरै विषयहरुलाई केलाउनुपर्ने हुन्छ ।
तपाईको श्रीमानमा यौन निश्क्रियता सम्बन्धी कुनै समस्या भएको पनि हुन सक्छ । यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
तपाईमा यौन चाहना हुनु अस्वाभाविक चाहिँ होइन । खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नु भन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो ।
तपाईहरुले एकअर्कालाई दोष लगाउने गर्दा विभिन्न समस्याको सिर्जना हुन सक्छ र तपाईको सम्बन्ध झन् जटिल बन्दै जान्छ । आफ्नो पार्टनर जसको यौन ईच्छा कम छ, उसलाई दबाव दिनु भन्दा एकअर्काप्रतिको बुझाईलाई बढावा दिन आवश्यक हुन्छ । दुईजनावीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना संचार गर्नुपर्ने हुन्छ ।
त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, रमाइलो गर्ने, यौनअंगहरुलाई उत्तेजित मूडमा सुम्सुम्याउने, गुणस्तरीय लुबि्रकेन्टसको प्रयोग गर्ने, एक अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरु गर्नुहोस् ।
श्रीमानलाई आफ्नो शरीर र उसको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्नुु पनि राम्रो उपाय हुन सक्छ ।
तर, दम्पती जसको जीवनमा सेक्स नै छैन, उनीहरु श्रीमान वा श्रीमतीका रुपमा किन एकअर्कासँग लामो समय बसिरहेका छन् भन्ने विषयमा पनि धेरै अनुसन्धान भएका छन् । हुनसक्छ, सामाजिक वा पारिवारिक दवाब वा भनौं दम्पत्तीवीचको निर्भरताले पनि छोड्न नसक्ने अवस्था हुन सक्छ ।
त्यसैले अहिले नै तपाईहरुवीचको सम्बन्धलाई टुंग्याउनु भन्दा उहाँले तपाईप्रति कस्तो अपेक्षा राख्नुभएको छ, त्यसलाई पत्ता लगाउनुहोस् । पत्ता लगाउन उहाँले दैनिक तपाईलाई लक्षित गरेर अभिव्यक्त गर्ने कुरा के हो याद राख्नुहोस् र त्यस्ता अभिव्यक्तिलाई सुल्झाउन एकअर्कासँग सम्वाद गर्नुहोस् । दुवैले विषेशज्ञसँग सल्लाह लिनु पनि उचित होला ।
यौनसम्पर्कपछि के चाहन्छिन् महिला साथी ? जानी राखौ महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।
यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।
समर्पित समय
सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ ।
यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ । हिजोआज धेरैजसो पति–पत्नी कामकाजी हुन्छन्, त्यसो भएको हुँदा कति पटक सेक्स गरियोले भन्दा पनि कति सन्तुष्टि प्राप्त भयो भन्ने कुराले अर्थ राख्छ ।
एक प्रतिष्ठित निजी कम्पनीमा कार्यरत शारदा भन्छिन्, ‘अत्यन्त व्यस्त समयतालिकाका कारण म बेलुकासम्म निकै थाकिसकेकी हुन्छु तसर्थ हरेक दिन यौन सम्पर्कको इच्छा हुँदैन । यस्तो अवस्थामा श्रीमान्ले आफ्नो चाहना प्रकट गर्दा झिँजो लाग्छ ।
हरेक दिनको सट्टा हप्ताको एक दिन समर्पित समय बिताउने हो भने श्रीमान्–श्रीमतीबीच प्रेमभाव बढ्नुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।’
रोमान्स र यौन सम्पर्क
रोमान्स वैवाहिक जीवन एवं यौन सम्पर्कको सुरुवातका लागि अपरिहार्य मानिन्छ, तैपनि कहिलेकाहीँ महिलाहरू रोमान्स छाडेर यौनसाथीबाट केवल यौन सम्पर्कको चाहना राख्छन् । यस्तो अवस्थामा यौनसाथीले उनीहरूको मनोभाव बुझ्न सकेनन् र इच्छापिवरीत व्यवहार गरे भने महिलाहरू रुष्ट हुन्छन् । फलस्वरूप सम्बन्धमा दरार देखा पर्नसक्छ ।
नयाँ प्रयोग गर्ने चाहना
सदैव एकैनासको क्रियाकलापबाट अघाउनु मानवीय स्वभाव हो । हरेक दिन उही खाना खाँदा, उस्तै पहिरन लगाउँदा तथा हरेक दिन उही काम गर्दा मानिसलाई झिँजो लाग्नसक्छ । यो कुरा यौनको मामिलामा पनि लागू हुन्छ । तसर्थ महिलाहरू पनि पार्टनरसँग हरेक पटक सम्बन्ध गाँस्दा केही नयाँ उपायको अपेक्षा गर्छन् । नयाँ–नयाँ आसनको चाहनालाई यौनसाथीले बेवास्ता गरे महिलाहरूले बिस्तारै दूरी बढाउन थाल्छन् ।
सम्भोगपछि
प्राय: पुरुष आफू स्खलित हुनेबित्तिकै मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यस्तो व्यवहार रुचाउँदैनन् । महिलाहरू सहवासपछि पनि यौनसाथीले प्रेमपूर्ण स्पर्श, आलिङ्गन एवं आफूप्रति ध्यान दिएको रुचाउँछन् जुन कुरा अधिकांश पुरुष बुझ्न सक्दैनन् ।
एउटा प्रतिष्ठित बैंककी कर्मचारी भन्छिन्– ‘यौन सम्पर्कपछि आफूलाई रित्याएर जब मेरा श्रीमान् अर्कोतिर मुख फर्काएर सुत्छन् त्यतिबेला मलाई औडाहा हुन्छ । अचम्मको असन्तुष्टिले हैरान पार्छ र आनन्दको साटो हैरानीले अप्ठ्यारो हुन्छ । यो कुरा मैले उनलाई भनिसकेकी पनि छु तर वास्ता गर्दैनन् । यस्तै अवस्था रहे सम्बन्ध टुङ्ग्याउने हो कि भनेर विचार गर्दैछु ।’
मुड परिवर्तन
पुरुषले सदैव महिलाहरूको मनको नजिक रहन चाहने हो भने उनीहरूको इसारा बुझ्न सक्नुपर्छ । महिनावारीका क्रममा हार्मोनमा आउने परिवर्तनले महिलाहरूको मुड परिवर्तन गर्छ । यस्तो बेला कसैलाई अधिक यौनेच्छा हुन्छ भने कोही यौन सम्पर्कबाट टाढै रहन चाहन्छन् । यस्तोमा पुरुषले उनीहरूको मनोभाव बुझेर सोहीअनुरूप व्यवहार गर्ने प्रयास गर्दा सम्बन्ध दिगो हुन्छ ।
स्मार्ट टिप्स
– यौन सम्पर्कमा महिला यौनसाथीका अगाडि आफूलाई अब्बल साबित गर्ने चक्कर वा दबाबमा पुरुषहरू गम्भीर हुन्छन् । यदि यस्तो गरिन्छ भने आफ्नो व्यवहार बदल्नु आवश्यक छ किनभने – महिलाहरू अन्तरंग क्षणमा यौनसाथीसँग ठट्टा गर्ने मुडमा हुन्छन्, जसले आत्मीयता बढाउँछ ।
– अधिकांश महिला सुस्त गतिको यौन सम्पर्कलाई महत्व दिन्छन् ।
– महिलाहरू यौनसाथीसँग अश्लील कुराकानी गर्न चाहन्छन् । यस्तो बेला पुरुषहरू चुपचाप हल्लिइरहेको उनीहरूलाई निको लाग्दैन ।
– यौन सम्पर्कपछि आफूले पिल्स प्रयोग गर्नुभन्दा पुरुषले कन्डम प्रयोग गरून् भन्ने महिलाहरूको अपेक्षा हुन्छ ।
– महिलाहरू पुरुषले आफूलाई बेडरुममा कुरेर बसिरहेको भन्दा आफ्नो काममा सहयोग गरेर काम सकिएपछि अन्तरंग क्षणको मजा लिन रुचाउँछन् ।
– यौन सम्पर्कका क्रममा सार्है बढी तनाव तथा पीडा महिलाहरूका लागि रुचिकर हुँदैन ।
-एक अध्ययनअनुसार ७५ प्रतिशत महिला यौन सम्पर्कको सर्वोत्तम अनुभव चाहन्छन् भने पुरुषहरूबाट केही बढी नै अपेक्षा राख्छन् ।
र यो पनि यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो लाग्छ ! म १७ वर्षीया युवती हुँ । मलाई सेक्स गर्न मन लाग्छ । यौन चाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखूँ कि जस्तो पनि लाग्छ । तर, मैले त्यसो नगरी आफ्नै औँला योनिमा पसाएर यौन सन्तुष्टि लिइरहेको छु । योबाहेक महिलाले कसरी हस्तमैथुन गर्छन् ? यस्तो गर्दा केही हानि गर्छ कि गर्दैन ? के हस्तमैथुन गर्दा योनि खुकुलो हुन्छ ? -एन
महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो ।
यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन्न नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा औँला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ ।
तपार्इंले यो उमेरमा पुरुषसँग यौनसम्पर्क नराखी हस्तमैथुनको उपाय रोजेर राम्रो गर्नुभएको छ । तपाईंको बढ्दो उमेर र विवाह गर्ने उमेर पनि नभएको अवस्थामा यौन चाहना पूरा गर्ने वैकल्पिक बाटो हस्तमैथुन नै हो ।
यो उमेरमा तपाईंजस्ता धेरै महिलाले विभिन्न उपायबाट हस्तमैथुन गर्ने गर्छन् । महिलाहरूले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यहीअनुसार हस्तमैथुन गर्दछन् । सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।
महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् ।
यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायत शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुम्सुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ ।
हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदा नै गर्छ । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मानिसलाई मुक्ति दिलाउँछ ।
हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायत अनेकौँ भ्रम रहेका छन् । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ ।
मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । बढी मात्रामा हस्तमैथुन गर्नु भनेको पनि शरीरका लागि हानि गर्नु हो । यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि हुँदैन । हप्तामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ तर त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ ।
महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनअघि ध्यान दिनुपर्दछ । महिलाले योनिमा औँला पसाउनेदेखि लिंग आकारको वस्तु पसाउने गर्छन् ।
अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौन आनन्द लिने गर्दा भोलि आफ्नो यौन साथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्ने गरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ ।
यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफासुग्घर हुन आवश्यक छ । यदि ती वस्तु साफ छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखापर्न सक्छन् । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनुआवश्यक छ । बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौन सन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहारा लिन पर्ने हुन सक्छ ।
महिलाहरूमा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम रहेको छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । योनिमा वस्तु तथा औँला छिराउँदा योनिको झिल्ली भने च्यातिने गर्दछ । हाइमिन झिल्ली च्यातिुन भनेको हाम्रो समाजमा कुमारित्व गुमाउनु भन्ने बुझिन्छ ।
अहिलेको समयमा महिलाहरू खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झिल्ली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ । योनिको सालाखाला लम्बाइ यस्तै तीन इन्चको हुन्छ । यौन उत्तेजनाको बेलामा यसको लम्बाइ केही बढ्न जान्छ र चार इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि हुँदैन ।









