•बिनु पोखरेल भारतीय सुरक्षाकर्मीले त नेपालभित्रै पसेर नेपालीहरुमाथि गोली नै हानेर एक नेपालीको ज्यान लियो । यस्तो बेला राज्यको भुमिका के हुनुपथ्र्यो ? सम्पुर्ण नेपाली जनता भारतको हेपाईले सिमा नाध्यो भन्दैछन् । यस्तो अवस्थामा पनि राज्य दृढतापूर्वक नबोल्दा हामीले दुःख मात्र पाएका छैना,ै गोली नै खानु परेको छ । तर पनि जनताको कुरा नसुन्न कानमा तेल हाले झै गरेको छ सरकारले । कञ्चनपुरको घटना हुनासाथ सरकारले तत्काल भारतसँग स्पष्टिकरण माग्ने, भारतीय राजदुत झिकाई स्पष्टीकरण लिने, माफी माग्न लगाउने ताकि फेरि उसले यस्तो घटना नदोहर्यावोस र जनताले गुहार मागेको बेला जनताको सुरक्षार्थ सेनासम्म पठाउने काम राज्यले गर्नु पथ्र्यो । तर, यहाँ त एउटा बिज्ञप्ति निकाल्न पनि २४ घण्टा कुर्छ सरकार । अनि कसरी देश र जनताले न्याय पाउँछ ?
हाम्रो सिमा मिचिदा मिचिदै राज्यले एक्सन लिन सक्ने हो भने, यसरी नेपाल भित्रै आएर नेपाली मार्ने, सिमा स्तम्भ गायव पार्ने जस्ता घटना सायदै यसैगरी हुन्थेनन् । हाम्रो नेतृत्वको लाचारीपनले यहाँ त एक पछि अर्को गर्दै उनीहरुको आत्मबल बढेको देखिन्छ । नेपालीहरु कुटिन्छन्, मारिन्छन तर भारतीयहरु नेपाल आउदा नेपालीहरुले उनीहरुलाई केही गर्न सक्दैनन् । तिनीहरु यहाँ आउदा जस्ताको तस्तै व्यबहार देखाउनु पर्छ । हामीले टिट फर् ट्याट गर्ने हो भने भारत सरकार सोच्न बाँध्य हुन्छ । नभए भारतको दादागिरी रहिनै रहन्छ । यस्ता घटना पछि तत्काल प्रतिक्रिया नजनाएर उसलाई फेरी पनि त्यही काम गर्न सरकारले प्रोत्साहन गरिरहेको छ ।
अब नेपाल चिनसँगको पारवहन सम्झौतापछि भारत मात्र भएर होइन चीनमार्फ्त पनि विश्वसँग जोडिन्छ । अब नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्ना कुरा राख्न सहज भएको छ । यसले पनि भारतले सिमाना मिच्ने, नेपालीलाई दुःख दिने कार्य उसैका लागि अभिसाप बन्दै जानेछ । मलाई लाग्छ अब भारत पहिलेकै रुपमा प्रस्तुत हुनेछैन् । नेपालले डिल गर्न सके यो बेला धेरै कुरा हाम्रो पक्षमा पार्न सकिन्छ ।
भारतले हाम्रो सिमा कहिलेदेखि मिच्दै आएको रहेछ ? राज्य निर्माणको प्रकृयासँगै संसारका धेरै राष्ट्रहरु उपनिवेशमा थिए । कतिपय तत्काल त कति केही समयपछि स्तन्त्रन्त्र भए तर नेपालका निश्चित भु–भाग चाहीँ अहिले पनि भारतको टेरिटोरी भित्र छ । यो २०१ बर्ष पुगिसक्यो । अझैपनि भारतको चंगुलबाट छुट्न सकेको छैन । भारत जो आफै ९० बर्षसम्म अंग्रेजको उपनिवेशबाद बिरुद्ध लड्यो, त्यो मुलुक आफु स्वतन्त्र हुँदा नेपाललाई भने उपनिवेश जस्तो बनायो । बेलायतले छाड्ने बित्तिकै कति नेपाली भु–भाग भारतीय जमिनमा परिणत भयो । ती जमिन अहिलेसम्म पनि हामीले हाम्रो बनाउन सकेका छैनौ । त्यति मात्र हैन अझै पनि भारतले नेपालका भु–भागहरु मिच्दै लगेको छ ।
हङकङ चीनले फिर्ता पायो १९९७ मा, मकाउ पनि चीनले फिर्ता लियो, स्वयं भारतले गोवा मेरो हो भनेर सेना पठाएरै फिर्ता लियो । हाम्रो पुर्खाको रगत बगेको हाम्रो भुभाग बेलायतसँग लडाईमा हारेकोले छोडेका थियौ । त्यो पनि सन्धि सहित यति पाउने गरी भनेर । त्यो भु–भाग अहिले पनि हामीले फिर्ता लिन सकिरहेका छैनौ । त्यो त छदंैछ । उल्टो अहिले हामी भएको जमिन पनि सुरक्षित गर्न नसक्ने भएका छौ । यो सबै हाम्रो कमजोरीका कारण भईरहेको छ ।
तपाईहरु त ग्रेटर नेपाल अभियानमै हुनुहुन्छ । राज्यले नै चाल्नु पर्ने कदम जनता नै जाग्दा पनि किन सफल भएको छैन ? हामीले सुगौली सन्धि बेलायतसँग गरेका हांै । भारतसँग गरेको होइन । हामीले पाउनु पर्ने भ–ुभाग २०१ बर्षदेखि भारतले उपभोग गर्दै आइरहेको छ । त्यो हाम्रा पुर्खाको रगतले बनेको भुभाग हो । यति लामो समय हुदा पनि राज्य तर्फबाट सामान्य कदम बाहेक गतिलो योजना बनाएर भारतसँग त्यो मेरो हो दे भन्ने कोही नआएकोले हामीले यो अभियान चालेका हौ ।
हाम्रो सामान कसैसँग छ दे भन्न पनि नसक्ने हाम्रो राज्य छ । हामीसँग यथेष्ट प्रमाण हुदाहुदै किन पछि हट्छौ भनेर हामी सरकारलाई झक्झक्याउन जुटेका हौं । भारतले भोग चलन गरेको हाम्रो जमिनको नक्सा हामीसँग नै छैन । प्रमाण नै नभई कसरी माग्न जाने भन्ने कुरा कतिपय सिमाविज्ञहरुले गर्छन त ? हामीसँग त्यो हाम्रो हो भन्नलाई सिंगै सुगौली सन्धी छ । भारत सँग त त्यो जमिन हाम्रो हो भन्ने प्रमाण नै छैन । मैले भन्ने गरेको छु– बेलायतले राज गरेका कारण यो भु–भाग हाम्रै हुनुपर्छ भन्ने तर्क बाहेक भारतसँग केही प्रमाण छैन् । यदि त्यो भन्दा बढी भारतले प्रमाण जुटाए मैले आत्मदाह नै गर्छु भनेर भन्दै आएको छु ।
पछिल्लो चरणमा भारतको नाकाबन्दीको प्रतिकार गर्ने र चिनसँग पारवहन सम्झौत गर्ने जुन काम गर्नु भयो केपी ओलीले, त्यसले चाहीँ नेपाली स्वाभिमानलाई निक्कै माथि उठायो । १८१६ मा सुगौली सन्धीबाट गुमेको हाम्रो नुर पहिलो चोटी ओलीले माथि उठाउनु भयो । हो मैले त्यसैलाई टिट फर ट्याट भनेको हो ।
हामी भन्दा २२ गुना ठुलो छ भारत तर नेपालमा हप्तै पिच्छे ठाँउठाँउमा सिमा मिचेका समाचारहरु आइ नै रहेका हुन्छन् । के यो जमिन मात्र कब्जा गर्ने उसको उद्देश्य हो या अरु नै अभिष्ट छ ? यो नियतको कुरा हो । हामी भन्दा उ त्यति ठुलो छ । सुगौली सन्धी भन्दा पहिलेको ६० हजार बर्ग किलोमिटर त उसँगै छदैछ । उसलाई जमिन थोर भएर पक्कै पनि यसरी ऊ आएको होइन । हप्तैपिच्छे मिच्दै मिच्दै हाम्रो १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटर जमिनबाट १ हजार ३ सय स्क्वायर किलोमिटर भारतको हातमा परिसकेको छ । त्यतिले मात्र नपुगेर अहिले पनि नेपालका बिभिन्न ठाँउमा स्थानिय तवरबाट मात्र नभै राज्य स्तरबाट नै नेपालको भू–भागमाथि आक्रमण र कब्जा भएका छन् । हाम्रा हजारौ हजार सिमा स्तम्भहरु गायब छन् । यसरी हेर्दा यो जमिन मिच्ने मात्र हैन ऊ नेपाललाई यसै गरी गरी आफ्नो नै बनाउने लामो योजनामा छ । आफ्नो अधिनमा लिनका लागि उसले बिस्तारै बिस्तारै प्रयोग गरिरहेको प्रष्ट छ । उसले बिरोधको मात्रा नापिरहेको छ । जतिबेला कमजोर पाउँछ त्यो बेला लिने दाउ नै हो उसको । यसपटक, अर्कोपटक, अनि फेरी अर्कोपटक मिच्दै उसले नेपालको ढुकढुकी छामिरहेको छ । तर उसको त्यस्तो अभिष्ट चाहीँ पुरा हुने देखिदैन । यस्तो हस्तक्षेपकारी भुमिकामा भारत अघि बढिरहेको छ । भारतको यस्तो कदमले बिस्तारै उसैलाई फँसाउछ हामीलाई भन्दा बढ्ता ।
त्यो कसरी ? भारतसँग हामी होइन, हामीसँग भारत निर्भर छ । हाम्रा जवान उनका सेना छन् । हाम्रा सेना विश्वका सेनाहरुको दाजोमा अब्बल छन् । हाम्रा सेना लगाएर हाम्रै सिमानाका जनता मार्ने भारतलाई पर्ख, हाम्रा सेना हामी फिर्ता बोलाउछौ भनेर भारतलाई चेतावनी दिन सक्नुपर्छ । जुनकुरा विश्वले थाहा पावोस् । नेपालमा राष्ट्रियताको आगो ओकलीरहेको यस्तो बेला त भारतले फेरी यस्ता कार्य गर्न एक पटक होइन, पटकपटक सोच्न बाध्य हुन्छ । त्यो एउटा कुरा भयो । यही मुद्दा मात्र उठ्यो भने पनि भारत त्यसै कमजोर बन्छ । अर्काे कुरा अब नेपाल चिनसँगको पारवहन सम्झौतापछि भारत मात्र भएर होइन चीनमार्फ्त पनि विश्वसँग जोडिन्छ । अब नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्ना कुरा राख्न सहज भएको छ । यसले पनि भारतले सिमाना मिच्ने, नेपालीलाई दुःख दिने कार्य उसैका लागि अभिसाप बन्दै जानेछ । मलाई लाग्छ अब भारत पहिलेकै रुपमा प्रस्तुत हुनेछैन् । नेपालले डिल गर्न सके यो बेला धेरै कुरा हाम्रो पक्षमा पार्न सकिन्छ ।
तपाईको भनाई अनुसार हाम्रो हात माथि हुदाहुदै पनि फेरी किन हेपिइरहेका छौ हामी भारतबाट ? यो हाम्रै नेताहरुको भुमिकाको कारण हो । हामीलाई हाम्रा निर्णय गर्नलाई कसैले रोक्ने रहेनछ भन्ने कुरा त सबै पार्टी एक ठाँउमा उभिएर संबिधान जारी गरेर देखाएबाट प्रष्ट हुन्छ नि । संविधान जारी गर्ने बेला भारतका एजेण्डा हारे नि । त्यस्तै, राष्ट्रियताका मुद्दा पनि सबै दलले एक भएर उठाउन सके निकास निकाल्न सकिन्छ । तर साना राजनीतिक स्वार्थका कारण हाम्रा दल र नेताहरुले त्यसो गर्न सकिरहेका छैनन् । एक वर्ष प्रधानमन्त्री हुने कुरामा देशका मुद्दा साटिदिन्छन् र देशलाई हराइदिन्छन् । चिनसँगको सम्बन्ध अगाडि बढिसकेको अवस्थामा केपी ओली नेतृत्वको सरकार ढालियो र भारतीय स्वार्थमा नयाँ अहिलेको सरकार बन्यो । त्यो चिनको एजेण्डा पुरा हुन नदिने योजना थियो । अहिले त्यसको रामै्रसँग पुष्टी भयो । यसरी हिजो भारतबिरुद्ध युद्ध नै छेड्छु भनेको दल पनि कुर्सीका लागि पर्लक्क पल्टदाँ देश र राष्ट्रियताका मुद्दा हारिरहेका छन् । हामी हारिरहेका छौ । दुर्भाग्य भन्नुपर्छ दलहरुले राष्ट्रियतालाई सत्तामा पुग्ने भर्याङ बनाउँदा देशले पटक पटक हारेको छ ।
पछिल्लो चरणमा भारतको नाकाबन्दीको प्रतिकार गर्ने र चिनसँग पारवहन सम्झौत गर्ने जुन काम गर्नु भयो केपी ओलीले, त्यसले चाहीँ नेपाली स्वाभिमानलाई निक्कै माथि उठायो । १८१६ मा सुगौली सन्धीबाट गुमेको हाम्रो नुर पहिलो चोटी ओलीले माथि उठाउनु भयो । हो मैले त्यसैलाई टिट फर ट्याट भनेको हो । गर्न त सकिदो रहेछ नि । तर, दुर्भाग्य त्यसलाई उहाँले अन्तिम रुप दिन पाउनसक्नु भएन । हिजोसम्म भारतकै मात्र निर्भर हामी चिनको बाटो हुदै विश्वसँग व्यापारमा जोडिन पायौ । त्यसलाई कुण्ठित गर्ने काम पछिल्लो सरकारले गर्यो । यसको मतलव राष्ट्रियताको विषयमा एक हुनै नसक्ने ।
फिलिपिन्स र चिनको, चिन र कोरियाको बीचमा सिमा बिबाद छ, जापान र रुसको बिचमा पनि छ , दक्षिण कोरिया र चिन कै बीचमा पनि टापुको विषयलाई लिएर बिबाद हुन्छ, भारत र चिनकै बीच पनि सिमानको बिबाद छ, पाकिस्तान र भारत बीच पनि समस्या छन् । हरेकले हरेक देशलाई आफ्ना कुरा दह्रिलो गरेर राख्न सक्छन् । नेपाल मात्र एउटा यस्तो देश हो जो सिमानाको बिषयमा विल्कुलै बेखबर छ सरकारी तबरमा ।
भारतसँग कुम जोडेर कुरा गर्न सक्ने हो भने समस्याको धेरै समाधान निस्कन सक्छ । त्यति गर्दा पनि नभए हामी सजिलै अन्तर्राष्ट्रिय अदालत जान सक्छौ । त्यसका लागि राज्यको इच्छा शक्तिको मात्र खाँचो छ । तर यहाँ त भारतको बिरुद्ध बोल्न पनि तयार छैन् नेतृत्व ।
पार्टीहरु गम्भीर छैनन् । नेताकै घरमा आक्रमण भयो र नेताकै छोराछोरी मरे भने मात्र निस्कन्छन् कि जस्तो लाग्छ । भारतकै कुरा गर्यो भने पनि ऊ नेपालको सिमा मिच्छ तर काश्मीरमा उसको सिमानाकोबारे भारतकै नागरिकले बोले पनि त्यो मारिन पनि सक्छ । तर नेपाललाई भने मिचिरहेको छ । चिन भने नेपाललाई मात्र हैन सिमाना कोट्याएर आफ्ना अरु छिमेकीलाई जिस्काउने गरेको देखिदैन । त्यसैले भारत र चिनसँग सिमानाको झगडाको सवालमा तुलना नै गर्न मिल्दैन ।
यस्तो हुँदा नेपाल किन चुप छ ? नेपालका नेता भारतबाटै संचालित भएकोले भारतका बिरुद्ध बोले सरकारबाट च्युत हुने डरले त्यसका बिरुद्ध बोल्दैनन् । सरकारमा टिकिरहन उनीहरु राष्ट्रियता र स्वाधिनता दाउमा राख्छन् । यही हो नेपाली राजनितीको अहिलेको दुर्दशा ।
राष्ट्रियताका विषयमा किन नेपाली एक हुन नसकेका होलान् ? अधिकांश राष्ट्रियताका मुद्दा उठाएर आन्दोलनमा होमिएको पार्टी १८ हजार मान्छे मार्दै सरकारमा पुग्यो । तर जब ऊ सरकारमा पुग्यो अनि ती एजेण्डा रातरात फेरेर ऊ सरकारबादी भयो । तर ती एजेण्डा सबै भुले । यसरी पार्टीहरुले सत्तामा पुग्नका लागि मात्र राष्ट्रियताका मुद्दा उठाउँदा जनताले विश्वास गर्न सकेनन् । जनता पनि राष्ट्रियताका मुद्दामा एक हुन सकेनन् ।
भारतले यसरी हाम्रो जमिन हड्पिरहँदा हामी अन्तर्राष्ट्रिय अदालतमा जान सक्दैनौ र ? यो सबै देश हाक्नेहरुको लाचारीपन हो । सुगौली सन्धीको सवालमा मध्यस्थकर्ता चाहिए पनि पछिल्लो समयमा भारतले मिचेको भु–भागको हामीसँग यथेष्ठ प्रमाण छन् । भारतसँग कुम जोडेर कुरा गर्न सक्ने हो भने समस्याको धेरै समाधान निस्कन सक्छ । त्यति गर्दा पनि नभए हामी सजिलै अन्तरराष्ट्रिय अदालत जान सक्छौ । त्यसका लागि राज्यको इच्छा शक्तिको मात्र खाँचो छ । तर यहाँ त भारतको बिरुद्ध बोल्न पनि तयार छैन् नेतृत्व । नेपालकै भुभागमा आएर गोली हानेको अस्तिको घटना अझै सेलाएको छैन । यसको मतलव भारतको दादागिरी झन बढेको छ । यस्तो बेला नेपालले तेस्रो पक्षलाई बोलाउन सक्नु पर्छ ।
बिरोधस्वरूप अहिले तत्काल के गर्दै हुनुहुन्छ ? हामी निरन्तर भारतको बलमिच्याईको बिरोध गर्दै आइरहेका छौं, यहि बिरोधको निरन्तरता र कन्चनपुर घटनाको टड्कारो बिरोध स्वरूप आइतबार मनाइने रङहरुको चाड होलीलाई कालो रंगले लगाएर होली मनाउने छौं । हाम्रो बिरोध निरन्तर रहन्छ र एकदिन हाम्रो देशको कुरा सुनिने छ ।
चक्रपथबाट










