काठमाडौं । नेपाली सेनाले नयाँ भर्ना आह्वान गरको छ । सेनाले विभिन्न ९ पदमा भर्नाका लागी सूचना प्रकाशन गरी भर्ना आह्वान गरेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।











