काठमाडौँ । पाँच किसिमका विशेष चिज मिसाएर तयार पारिएको चिजलाई पञ्चामृत भन्ने गरिन्छ । दूध, दही, मह, सख्खर, घ्यू मिसाएर तयार पारेको पञ्चामृत फरक फरक तरिकाले देवी देवतालाई अर्पित गरिन्छ । विशेष गरेर श्री हरिको पुजामा पञ्चामृतको प्रयोग गर्ने चलन रहेको छ । पञ्चामृतको विशेषा प्रयोगले तमाम समस्याहरु टाढा भएर जाने भएकाले पञ्चाअमृतको छुट्टै विशेषता रहेको छ ।
हेरौँ के हो त पञ्चामृतमा पर्ने चिजको महत्व के छ ?
१.दूध
दूधले शरिरलाई पुष्ट बनाउँछ ।
शरिरमा भएका भित्री विषादीलाई टाढा राख्छ ।
दूधले मनलाई शान्त बनाउँछ ।
२.दही
दहीले पाचन प्रणलीलाई बलियो बनाउँछ ।
एकाग्रता बढाउँनुको साथै सुखको वृद्धि गर्छ ।
अनुहारमा चमक ल्याउँछ ।
३.मह
शारिरमा भएको अतिरिक्त मासु हट्छ ।
धर्मप्रतिको झुकावलाई अझ बढी मजबुत बनाउँछ ।
पारिवारका सदस्यसँग सम्बन्ध मजबुत बनाउँछ ।
४.सख्खर
सख्खरले उर्जाको स्रोतलाई यथावत राख्छ । भने आलस्य कम गर्छ ।
वाणी व्यवहारलाई मधुर बनाएर अनुशासित राख्छ ।
निन्द्राको समस्यालाई हटाउँछ ।
५.घ्यु
घ्यूले शरिरलाई बल दिनुको साथै हृष्टपुष्ट बनाउँछ ।
हड्डीलाई पनि बलियो बनाउँछ ।
आखाँको ज्योतिलाई तेजिलो बनाउँछ ।
जान्नुहोस् पञ्चामृतको कसरी प्रयोग गर्ने ?
१.सूर्यास्त भन्दा अगाडी नै पञ्चामृत तयार गर्ने ।
२.पञ्चामृतमा गाईको शुद्ध दूध प्रयोग गर्ने ।
३.पञ्चमृत तयार गरिसकेपछि तुलसीको पात र गंगाजल हाल्ने ।
४.यदि शालिग्राम छ भने त्यसमा पञ्चामृतमा स्नान गराउने ।
५.चाँदीको सिक्का हाल्ने र हरिको स्नान गर्ने ।
पञ्चाअमृत ग्रहण गर्दा ध्यान दिनुपर्ने कुराहरु
पञ्चामृत ग्रहण गर्दा दुवै हातले ग्रहण गर्ने ।
पञ्चामृत ग्रहण गरिसकेपछि दुबै हातले टुप्पीको स्पर्श गर्ने ।




