बिष्णुप्रसाद पोखरेल
दमक/ बैकबाट ऋण लिएर आफ्नो ब्यापार ब्यवसाय गर्दै आएका र आफ्नो ब्यवहार टार्दै आएका ब्यापारीहरुलाइ दमकका बैकहरुले महिनामा ३ पटकसम्म ब्याज बृद्धि गरि मानसिक तनाव दिइरहेको पाईएको छ । ७ देखि आड प्रतिशतमा सम्झौता गरि ऋण लिएका ब्यापारीहरुलाइ हप्तैपिच्छे फोन गरेर ब्याज बढ्यो भन्दै १३ प्रतिशतसम्म पुर्याएपछि ब्यापारीहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेको पाईएको हो ।
ब्यवासायिमाथि यहाँका बैकहरुले गरेको हेपाह प्रवृती र मिचाह शैली बिरुद्ध दमक उद्योग बाणिज्य संघले बिहिबार गरेको छलफलमा ब्यापारीहरुले बैकले मर्नु न बाँच्नु बनाएको भन्दै यस बिषयमा सरोकारवाला निकायहरुसंग पहल गरेर समस्या सामधानका लागि पहल गरिदिन आग्रह गरेकाछन् । बिना जानकारी र सूचना ब्याज बृद्धि गरेर बैकहरुले दादागिरी शैली अपनाएको समेत उनिहरुले जनाए ।
महिनामा तीन पटकसम्म फोन गरेर प्रत्येक पल्ट ब्याज बृद्धि भएको भन्दै फोन गरेर मानसिक तनाव दिएको ब्यापारीहरुको गुनासो रहेको थियो । ऋण लगानी गर्दा सस्तोमा दिने भन्दै हात समाएर र खुट्टा ढोगौला झै गरेर लगेको स्मरण गर्दै अहिले बिना जानकारी ५० प्रतिशतभन्दा बढिसम्म ब्याज बृद्धि गरेर दमकका बैकहरुले दमकका ब्यवसायिहरुलाइ सास्ति दिएको भन्दै यो कार्य रोक्नु पर्ने ब्यवसायिहरुले माग गरेकाछन् । हद पनि नाघेर बैकले शोषण शुरु गरेपछि आफूहरु बोल्नु परेको उनिहरुको भनाइ रहेको छ ।
एकमहिनाको अवधिमा ४ देखि ५ प्रतिशत ब्याजदर बढाएको भन्दै यस्तो कार्यले ब्यापारीहरु टाँट पल्टने भन्दै यहि अवस्था आए ब्यवसाय छाडेर भाग्नु पर्ने अवस्था आउने पनि ब्यापारीहरुले छलफलमा बताएका थिए । बैकहरुलाइ सोध्दा चित्त जवाफ नदिने र माथि देखाउदै पन्छने गरेको ब्यापारीहरुको आरोप रहेको थियो ।
दमक उद्योग बाणिज्य सघका अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, युवराज घिमिरे लगायतको उपस्थितिमा भएको छलफलमा ब्यापारीहरु गौतम गुप्ता, कृष्ण अधिकारी, गोपाल अग्रवाल, रोहित आचार्यै, आरबी थापा, दीनेश अग्रवाल, सन्तोष अधिकारी लगायतले पीडा सुनाएका थिए । ब्यवसायिहरुको पीडाले सबैलाइ भावुक बनाएको पाईएको थियो ।
ब्यवसायिको पीडा सुनेसकेपछि बाणिज्य संघका अध्यक्ष ढकालले यस्तो गम्भिर बिषयमा ब्यवसायिहरुसंग छलफल गर्न खोज्दा पनि ब्यवसायिले नै चासो नदिएको भन्दै चित्त दुखाउदै ब्यवसायिबाट आएका गुनासाका बिषयमा बैकहरुसंग कुरा गर्ने प्रतिबद्धता जनाए । उनले बैकहरुको मनोमानि आफूहरुले नसहने बताउदै बिना जानकारी बृद्धि गरिएको ब्याज ब्यवसायि तिर्न बाध्य नहुने चेतावनी पनि दिए । बैकहरुले मच्चाएको ब्याज आंतकको बिषयमा बाणिज्य संघको गम्भिर ध्यानकर्षण भएको भन्दै बैकहरुले ब्यवसायिमागि गरिरहेको पेलाह र हेपाह प्रवृतीको अन्त्यका लागि लाग्ने ढकालले जनाए ।



