दमक/लिम्बुवान आन्दोलनका सक्रिय नेता कमल छाराहाङको निधन भएपछि लिम्बुवान आन्दोलनलाइ अपूरणिय क्षति पुगेको छ । बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा छाराहाङको निधन भएको बताईएको छ । किरात आठपहरीया समाजका महासचिब सुर्य आठपहरीयाले छराहाङको निधन भएको बताए ।
आठपहरीया समाजका अध्यक्ष रहेका छाराहाङ लामो समयदेखि लिम्बुवान आन्दोलनमा सक्रिय रहेका थिए । छाराहाङले केहि महिना अघिमात्र लिम्बुवान मुक्तिमोर्चा ‘संघियबादी’ पार्टि घोषणा गरेका थिए । लिम्बुवानी आन्दोलनको प्रखरबक्ता तथा लेखक उनि नयाँ पार्टीको बिस्तारमा लागेको अवस्थामा उनको निधान भएको हो । आठपहरीया समाजका महासचिब सुर्य आठपहरीयाका अनुसार छाराहाङलाई आज बिहान दम बढ्ने र बाडुली लाग्ने समस्याले सताएको थियो ।



