पवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकल/प्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ। सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ।

 

दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ। यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

 

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो – सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

 

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।

 

यो पनि पढ्नुहोस्ः ब्रत बस्दा ध्यान दिनुपर्ने कुराहरु – धर्म सस्कृतिलाई निरन्तरता दिनुका सथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ । लामो समय हामी भोकै बस्दैछौं भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ। ब्रतको समयमा हाम्रो शरिरमा चिनीको मात्रामा घटबढ छ वा मधुमेह छ भने भोकै बस्दा विभिन्न समस्याहरु देखा पर्न सक्दछन् ।

 

हाम्रो शरीरबाट निरन्तर पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाइ व्रत बस्दा पानीको मात्रा कम भई डिहाइड्रेसन हुन सक्दछ । तीजको बेलामा नाँचगानतर्फ ध्यान दिँदा शरिरबाट सदा भन्दा वढि पानीको मात्र बहिरने हुँदा डिहाइड्रेसन हुने सम्भावना अझै बढी हुन सक्दछ। शरिरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्दछन् । विभिन्न अनुसन्धानका अनुसार यस्तो अवस्थामा हाम्रो शारिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु रोगहरु लाग्न सक्ने जोखिम बढ्छ । टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोर महशुस हुने हुन्छ ।

 

किनभने दैनिक रुपमा खानाहरुबाट पाइने शक्ति नपाउँदा हात खुट्टाहरु दुख्ने तथा कमजोर हुन सक्ने आदि जस्ता समस्या हरु देखिन सक्दछन् । तत्काल देखिने असरदेखि लिएर दीर्घकालिन असरहरु पनि हुन सक्दछन् । त्यसैले ब्रत वस्ने समयमा आफ्नो शारिरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी हुन्छ। ब्रतको बसेको बेला छिनछिनमा पानी पिउने, शारिरिक रुपमा धेरै सक्रिय नहुने, आराम गर्ने, सितलमा बस्ने, कुनै औषधिको सेवन गरिरहेको भए समयमै औषधि लिने , शरिरको ऊर्जा धेरै खर्च हुने कामहरु नगर्ने तथा व्रत सकिने बित्तिकै खाना खाँदा ध्यान पुर्‍याउने गर्नुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah