इटहरी । युवापुस्ताहरु माझ निकै नै लोकप्रिय हुदैँ आएको स्ट्याण्ड अप कमिडी सो अब पुर्वाञ्चलमा पनि सुरुवात गर्ने उद्देश्य बोकी आएको कम्पनी राउडिजम इन्टरटेन्मेन्ट हाउसको इटहरीबाट औपचारिक उद्घाटन भएको छ ।

शुक्रबार साँझ इटहरी उप महानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम तथा नेपाल विज्ञापन संघ प्रदेश नं. १ का अध्यक्षले राउडिजम इन्टरटेनमेन्ट तथा स्ट्याण्डप कमेडीको उद्घाटन गरेका हुन् ।

राउडिजमले प्रत्येक शुक्रवार खोर्साने स्थित आफ्नै कार्यालयबाट अडिसन मार्फत स्ट्याण्ड अप कमिडी गर्ने कलाकारकहरुको छनौट गर्ने गरेको छ । यसरी छानिएका कलाकाहरुले देशका विभिन्न शहरहरुमा प्रस्तुती दिने राउडिजमका निर्देशक करण चौहानले बताए ।

राउडिजमको उद्घाटन गर्दै उप मेयर गौतमले युवाहरुलाई प्रोत्साहन गर्नु पर्ने बताइन् । कमेडीको क्षेत्रमा नयाँ पुस्तालाई राउडीजमले कलाकारको रुपमा स्थापित गर्नका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।


कार्यक्रमबारे बोल्दै कम्पनीका निर्देशक नवीनकाजी बस्नेतले राउडीजमले कमिडीको नाममा गरिने छाडा तथा अपशयब्दहरुलाई विल्कुलै समर्थन नगरी झर्रा नेपाली शब्दहरुको प्रयोगलाई विशष ग्राह्यता दिईने कुरा बताएका थिए । लुकेर रहेका प्रतिभाहरुलाई प्रष्फुटन गराउन राउडीजमले सहयोग गर्ने देखिन्छ ।

राउडीजमले प्रत्येक शुक्रवार साँझ ७ बजे देखि इटहरी स्थित होटल उत्सबमा तथा शनिवार विराटचौक स्थित तावा फेमिली होटल तथा रेष्टुरेण्टमा आफ्नो लाईभ सो तय गरिसकेको छ भने विराटनगर, धरान, दमक, विर्तामोड लगायतका सहरहरुमा पनि चाडैँ नै प्रस्तुती लगिने कुरा कम्पनीका निर्देशक करण चौहानले जानकारी दिएका थिए ।

कार्यक्रममा राउडीजमका कलाकारहरु सुजन दाहाल, मनिष बराल, जोसन खुलालले आफ्नो प्रस्तुती दिएका थिए । राउडीजमले प्रत्येक विहिवार आफ्नो युट्युब च्यानल राउडीजम मार्फत नयाँ भिडियोहरु अपलोड गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय