मुख्य विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले महान्यायाधिवक्ता रमण श्रेष्ठ गतिविधि ठीक नभएको भन्दै उनी पदमा बस्न योग्य नभएको जिकिर गरेका छन् । एमालेको मेची–महाकाली अभियानका स्वयंमसेवकलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले महान्यायाधिवक्ताले पदीय मर्यादा भूलेको आरोप लगाए ।

ओलीले भने, ‘महान्यायाधिवक्ताको कुर्सीमा बसेर राजनीति गर्न  मिल्छ ? सरकारको कानुनी सल्लाहकारले आफ्नो पक्षमा बहस गर्ने न्यायाधीश चाहिन्छ भन्नू गलत हो, महान्यायाधिवक्ता जस्तो जिम्मेवार पदमा बसेका व्यक्तिले जथाभावी बोल्दै हिँड्न सुहाउँदैन ।’ प्रहरी प्रमुख नियुक्तिको बहसको विषय कोट्याउँदै ओलीले थपे, ‘मेरो झगडियाले जित्दैन भने, बहस नै गर्दिन भन्नु अनिष्ठको संकेत हो ।’

महान्यायाधिवक्ता श्रेष्ठलाई ओलीले उग्रपन्थी पार्टीको हुल्याहा कार्यकर्ता जस्तै भएको समेत,–भने । ओलीले महान्यायाधिवक्ता श्रेष्ठबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे । यसअघि ओलीले सभामुख ओनसरी घर्तीलाई समेत गुरिल्ला समूहको सदस्य भन्न भ्याएका थिए ।

यस्तै, ओलीले राप्रपा विधानमा रहेको हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्वाचन आयोगको कदमप्रति संकेत गर्दै एमाले अध्यक्ष ओलीले महान्यायाधिवक्ता श्रेष्ठले  आयोगलाई गलत सल्लाह दिएको आरोप लगाए । ओलीले भने, ‘यो चुनाव भाँड्ने षड्यन्त्र हो ।’ महान्याधिवक्ता श्रेष्ठले हाम्राकुरासँग आफु आयोगमै गएर सल्लाह दिएको भन्ने आरोप गलत रहेको बताएका थिए । उनले आफु सरकारको सल्लाहकार भएकाले सरकारले गरेको निर्णयमा आफ्नो भूमिका पनि जोडिने समेत बताएका थिए ।

‘आज विभिन्न पत्रपत्रिकामा कांग्रेसकै प्रभावशाली नेताले एमालेका कारण संविधान कार्यान्वयन प्रक्रियामा अवरोध भएको भनी टिप्पणी गर्नुभएछ,’ ओलीले सभापति देउवाप्रति लक्षित गर्दै भने, ‘यो उहाँको अधुरो र बबुरा तर्क हो कि बेइमानी हो ।’ उनले त्यस्ता तर्क देशका लागि दुर्भाग्यपूर्ण भएको पनि टिप्पणी गरे ।

‘पार्टी नै क्षेत्रीय, जातीय खोल्ने र वैमनश्य सिर्जना गर्नेहरूले लाजै नमानी यस्ता हर्कतहरू गरेका छन्,’ उनले भने, ‘अहिले विभिन्न तरिकाले एमालेलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने भनेर लागेका छन् । त्यसमा पनि केपी ओलीलाई एक्ल्याउन पाए संविधान कार्यान्वयनमा गोलमाल गर्न सकिन्थ्यो भन्नेहरू हात धोएर लागेका छन् । त्यो नदेख्नेहरू बेइमान हुन् कि अबुझ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah