काठमाडौं। एक प्रचलित लोककथाका अनसार प्राचीन समयमा एक धनी व्यक्ति थिए। उनीसँग अपार धन सम्पत्ति थियो। उनलाई कुनै पनि कुराको कमी थिएन। तर उनको मनमा अशान्ति थियो। एक दिन उनी एक सन्तकहाँ गए। ती व्यक्तिले सुनका असर्फीले भरिएको थैली सन्तको चरणमा राख्दै भने–गुरुदेव मलाइ आर्शीवाद दिनुहोस्। मलाइ मनको शान्ति चाहिएको छ।’
सन्तले धनी व्यक्तिलाई भने–यी सुनका असर्फी यहाँबाट हटाउनुस् म गरीब मानिसबाट दान लिन्न।’ सन्तको यो कुरा सुनेर धनी व्यक्ति चकित परे। उनले सन्तसँग भने–गुरुजी म धनी मानिस हो। तपाइँले मलाइ किन गरीब भन्नु भयो?’
तिमी धनी छौ भने के कुराको आर्शीवाद चाहियो? सन्तले भने।
धनी व्यक्तिे सन्तसँग भने–तिम्रो इच्छाको कुनै गन्तव्य छैन भने तिमी र भिकारीमा के फरक भयो? धनको लोममा मनमा शान्ति कहिल्यै प्राप्त हुँदैन।’
यस्ता धेरै मानिस काम बासनाको लोभमा फेसका हुन्छन् तर उनीहरु के चाहन्छन् भने उनको चर्चा धार्मिक मानिसहरुका बीचमा होस्।
त्यस्ता व्यक्ति यस्तो देखाउने कोशिश गर्छन् जो सभ्य कुलीन होस्। तर व्यवहारमा त्यस्तो हुँदैन। जब हामी इच्छाको त्याग गर्छौं तब मात्र हाम्रो मनमा शान्ति प्राप्त हुन्छ। यदि हामीले सुख शान्ति चाहन्छौं भने इच्छालाई त्याग्नुपर्छ। र लोभ र लालचबाट बच्नुपर्छ।










