नायिका करिष्मा मानन्धर लाई मानहानी गरेको आरोपमा भोटाहिटी बाट डिल्लीराम खनाल लाई प्रहरीले पक्राउ गरि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छ।

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा खनालले नायिका मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएपछि नायिकाले उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै आफूलाई मानहानी गरेको भन्दै गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

युट्युबम भाइरल बनेका उनले उजुरी पश्चात अर्को अन्तर्वार्तामा आफुलाइ उजुरीले उत्साहित बनाएको आशय व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय