झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी-५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा-४ बाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-२ का २९ वर्षीय रविन प्रधान, धरान-२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।
लागू औषध सहित ११ जना पक्राउ

सवाल नेपालसंवाददाताबुधबार, १३ जेठ २०८३

लागू औषध सहित ११ जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३


