झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक दिपेश कार्कीले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उहाले बताउनुभयो । दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल गत मंसिर ६ गते बिहान पूर्व–पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्पनजिकै सडक किनारमा लडिरहेको अचेत अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । तर, प्रहरीले २ महिना भन्दा बढि समयसम्म ठक्कर दिने सवारीको सुईकोसम्म् पाउन सकेको थिएन । मृतकका आफन्तहरुको चर्का दबाबपछि प्रहरीले बिशेष टोलीनै खटाएर घटनाको शुष्म अनुसन्धान गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि खरेललाई सवारी साधनले ठक्कर दिएको खुल्यो । त्यसपछि प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधनको खोजी गरिरहेको थियो । तामाङलाई को १ ख ४१४२ नम्बरको मिनी ट्रकसहित पक्राउ गरिएको प्रहरी निरिक्षक कार्कीले जानकारी दिनुभएको छ । उहाका अनुसार तामाङले हाँकेको उक्त ट्रकको ठक्करबाट वृद्धको ज्यान गएको यकिन भएको छ ।
दमकमा प्रहरीलाई टाउको दुखाएको एउटा घटना, झण्डै अढाई महिनापछि प्रहरीले पत्ता लगायो दोषी
सवाल नेपालसंवाददातासोमबार, १५ माघ २०८१

दमकमा प्रहरीलाई टाउको दुखाएको एउटा घटना, झण्डै अढाई महिनापछि प्रहरीले पत्ता लगायो दोषी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
झापामा दुखद खबर दुर्घटनामा एकको ज्यान गयो

यो पनि पढ्नुहोस् »
गौरीगञ्जमा कमल खोलाले बगाएका एकजनाको शब फेला, एक जना अझै बेपत्ता
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

झापामा दुखद खबर दुर्घटनामा एकको ज्यान गयो
मंगलबार, १० चैत २०८२
गौरीगञ्जमा कमल खोलाले बगाएका एकजनाको शब फेला, एक जना अझै बेपत्ता
शुक्रबार, १५ असार २०८१
ट्राफिक सप्ताह – प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
बिहीबार, ७ असार २०८१
झापाको दमकमा रतुवा नदिले बगाउँदा एकजनाको ज्यान गयो
बिहीबार, ७ असार २०८१
बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंगलबार, ५ असार २०८१



