झापा — झापाको दमकमा रतुवा नदिले बगाउँदा एक जनाको मृत्यु भएको छ । आज बिहान करिब सवा ७ बजेतिर रतुवा नदि तर्ने क्रममा दमक १ का ५३ बर्षीय मोहन रमदामलाई रतुवा नदिले बगाएको थियो । नदिले बगाउदै गरेको देखेपछि स्थानीय युवाले उनलाई नदिबाट उद्धार गरेर नदि किनारमा निकाल्ने बित्तिकै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । मृतकको शब कानूनी प्रकृया पुरा गरि पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको दमक प्रहरीले जनाएको छ । झापामा केहि दिन यतादेखी निरन्तर बर्षा भईरहेको छ । जसका कारण नदिहरुमा जलस्तर बढेको र नदि किनारमा अनाबस्यक रुपमा नजानपनि प्रहरीले सर्बसाधारणलाई आग्रह गरेको छ ।
झापाको दमकमा रतुवा नदिले बगाउँदा एकजनाको ज्यान गयो
सवाल नेपालसंवाददाताबिहीबार, ७ असार २०८१

झापाको दमकमा रतुवा नदिले बगाउँदा एकजनाको ज्यान गयो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
झापामा दुखद खबर दुर्घटनामा एकको ज्यान गयो

यो पनि पढ्नुहोस् »
दमकमा प्रहरीलाई टाउको दुखाएको एउटा घटना, झण्डै अढाई महिनापछि प्रहरीले पत्ता लगायो दोषी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

झापामा दुखद खबर दुर्घटनामा एकको ज्यान गयो
मंगलबार, १० चैत २०८२
दमकमा प्रहरीलाई टाउको दुखाएको एउटा घटना, झण्डै अढाई महिनापछि प्रहरीले पत्ता लगायो दोषी
सोमबार, १५ माघ २०८१
गौरीगञ्जमा कमल खोलाले बगाएका एकजनाको शब फेला, एक जना अझै बेपत्ता
शुक्रबार, १५ असार २०८१
ट्राफिक सप्ताह – प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
बिहीबार, ७ असार २०८१
बिर्तामोडमा छोटा हात्तीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंगलबार, ५ असार २०८१



