झापाको गौरीगञ्ज १ मा स्थानीय सानो कमल खोलाले बगाएर वेपत्ता भएका लखिराम मुर्मुको शब भेटिएको छ ।
आज शुक्रबार बिहान करिब ७ बजे उनी बगेको ठाउँबाट करिब ५०० मिटर नजिकै खोला किनारमा तैरिरहेको अवस्थामा भेटिएको हो ।
बिहिबार दिउँसो करिब ३ बजेदेखि वेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयबासीहरु हिजोदेखिनै सक्रिय भएर लागेका थिए ।
बिहान उनको शव भेटिएपछि स्थानीय प्रहरी चौकी कुञ्जीबारीबाट खटिएको टोलीले आवश्यक कानुनी प्रकृया अघि बढाएको छ । मुुर्मुको लाश पोष्टमार्टमका लागि पठाउने प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही वडाको कमल बनियानी खोलाले बुधबार दिउँसो बगाएका १२ बर्षिय मिलन बिकको भने अवस्था अझै अज्ञात छ । उनको खोजी जारी राखिएको भएपनि सो खोलामा पानीको सतह बढ्ने क्रममा रहेको र बेग समेत बढी भएकाले फेला पार्न मुस्किल परिरहेको हुन सक्ने अनुमान छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिका–२ का २८ वर्षीय बुधे बेस्राको पानीमा डुबेर मृत्यु भएको छ । बिहिबार दिउँसो घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय