
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका २ का १०३ बर्षीय मरनी सदाको जवानी, बुढेसकाल सबै झपुडीमा वित्यो । कसैको पक्की घर देख्दा त्यो घरमा बसदा कस्तो हुँदो हो ? उनलाई लागि रहन्थ्यो । उनको मृत्यु पनि त्यही झुपडीमा निश्चित नै थियो । तर हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले उनका जीवनचक्र उल्टाइ दिएका छन् । अब जीवनको अन्त्यतिरको समय केहीदिनमा पक्की घरमा वित्ने छ । त्यही पक्की घरमा उनको मृत्यु पनि ।
‘उनको घरमा बस्ने सपना पुरा हुन अब केही दिन मात्रै बाँकी छ । अभाव र दु:खमा नि सपना रंगिदै । सायद जीन्दगीको आनन्द यहि होला। ’ धुर्मुसले फेसबुक वालमा पोष्ट गरेका छन् । पुस माघको कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओढ्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिनदेखि आरामले निदाउन सकेका थिएनन ।
यसपटकको जाडो त्यसैगरि गयो आउने जाडोलाई उनले आफुभित्र छिर्न पनि दिने छैनन । हास्य कलाकारद्धय धुर्मुस र सुन्तलीले निर्माण थालेको मुसहर वस्तिको झण्डै ९० प्रतिशत काम सकिएको छ । वैशाख १ गते हस्तान्तरण गरिने बस्तीको थप काम धमाधम भइरहेको छ। पुस्तौंदेखिको रोग, भोक, अशिक्षाले थालिएका मुसहर नयाँ बर्षसँगै नयाँ घरमा बस्न पाउने भएपछि ६० परिवारका ४ सय २० सदस्इ दंग देखिएका छन् ।



– See more at: http://nepalpati.com/news/comming-light-in-musahar-village/#sthash.RA16bAx9.dpuf



