स्मार्टफोनमार्फत इन्टरनेटमा पोर्न सामग्री हेर्ने मामिलामा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् ।लोकप्रिय पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा १६प्रतिशतले कम छ ।

रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् । जबकि स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत बुधबार मनाइएको महिला दिवसको अवसरमा पोर्नहबले यस्तो तथ्यांक जारी गरेको हो ।· पोर्नहबका अनुसार उसका कुल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला छन् ।· रिपोर्ट अनुसार स्मार्टफोनमा पोर्नहब हेर्ने महिलामध्ये ५३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ता छन् भने ४५ प्रतिशत एप्पल प्रयोगकर्ता ।

· अमेरिकाको तथ्यांकअनुसार वाशिंटन डिसीमा पोर्नहबका महिला प्रयोगकर्तामध्ये ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । त्यस्तै टेक्सासमा ९३ प्रतिशत तथा मिचिगनमा ९२ प्रतिशत पोर्नहब प्रयोगकर्ता महिलाले आफ्नो स्मार्टफोनबाट पोर्नहब लगइन गर्ने गरेका छन् ।

· विश्वव्यापी रुपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । जहाँ अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्दछन् ।

· दोश्रो स्थानमा ८९ प्रतिशत सहित अमेरिका र तेश्रो स्थानमा बेलायत र पाकिस्तान समान ८६ प्रतिशत रहेका छन् ।· विश्वमा पोर्नहबका कुल प्रयोगकर्तामध्ये सयमा ७२ जनाले स्मार्टफोनबाट पोर्नहब हेर्ने गरेका छन् ।· पोर्नहबका महिला प्रयोगकर्तामध्ये ७१ प्रतिशतले स्मार्टफोनबाट, ८ प्रतिशतले ट्याबलेटबाट तथा २१ प्रतिशतले डेस्कटपबाट पोर्नहब हेर्ने गरेका छन् । एजेन्सी