ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्।

साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा पाउन सकिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।

 

 

 

१) सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु विशेष महत्व मानिन्छ। किनकी सूर्यास्त हुनेवित्तिकै प्रदोष काल सुरु हुने गर्दछ।

२) दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ। शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन्। त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।

 

 

यसरी गर्नुहोस् विशेष पुजा

शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।

शुद्ध जलमा गंगाजल र दूध मिलाएर शिव लिंगमा चढाउनुहोस्।

जल चढाउने समय ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्।

त्यसपछि भगवानलाई चन्दन चढाउनुहोस्।

बेलपत्र, धतुरो पनि शिव लिंगमा चढाउनुहोस्।

 

 

 

यसरी भगवानलाई पुजा सामाग्री चढाएपछि ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्।

त्यसपछि भगवानलाई मिठाइ चढाएर भक्तजनलाई बाढ्नुहोस्।

 

 

यो पनि पढ्नुस

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

 

 

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

 

 

 

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

 

 

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

 

 

क्याफिन

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

 

 

 

धेरै कसरत र मोबाइल सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।
पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।

 

 

मूल समिति निर्माणसँगै हालसम्म रु २८ लाख जुटिसकेको छ । मूर्ति निर्माणका लागि १५१ जनालाई संस्थापक बनाइने आयोजकले जनाएको छ ।आगामी २०७६ जेठ १ देखि ११ गतेसम्म धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होम आयोजना गरिने छ भने त्यसपछि आगामी वर्ष पनि धार्मिक मेला सञ्चालन गरिनेछ ।मुख्य प्रवचक पं. ईश्वरकृष्ण महाराजजीले भन्नुभयो,

“पार्वतीजको जन्मभूमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मूर्ति बनाइन हामी लागेका छौँ ।”मूर्ति निर्माणका हालसम्म नै २८ जना स्थानीयवासीले रु एक–एक लाख दान बोलिसक्नुभएको भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।अन्य गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकादेवीको दर्शनका लागि बाग्लुङ्ग तथा अर्घाखाँची लगायतका जिल्लाका भक्तजनहरु मालिका मन्दिरमा शुक्रबार विहानैदेखि दर्शन तथा पुजाआरधा गर्न हजारौ दर्शनार्थीहरुको घुइचो लागेको छ ।

 

 

साथै चिच्याएर बर माग्ने परम्परा तोड्दै अहिले मनमनै माग्न थालिएको छ । पहिला अन्धविश्वासले पनि चिच्याउने गरेको भएता पनि आजभोलि त्यो परम्परा क्रमश अहिलेको पुस्ताहरु प्राय सबै पढेलेखेका र विद्धान र चेतनाको स्तर वृद्धि भएपछि बर पाइन्छ भने मनले कल्पना गरेपनि बर पाइन्छ भनेर प्राय सबैले मनमनै बर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए ।

 

जिल्लाको मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिने गरेको छ । मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची लगायतका स्थानहरुबाट हजारौ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर बर माग्ने गर्दछन् । आफ्नो मनाकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाकल चढाउन मालिकामा भक्तजनको घुइचो लागेको हो ।

 

 

बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न विभिन्न स्थानहरुबाटअघिल्लो दिन अर्थात विहिवार साँझदेखि नै टाढा टाढाबाट सवारी साधन र पैदल यात्रा गरि हजारौँ श्रदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए ।

समतिका अध्यक्ष शर्माले भने ‘दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरि आज शुक्रवार विहानैदेखि मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको छ।’ मेलासँगै मन्दिर आसपासमा रहेका होटल व्यवसाय,पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोवार हुने गरेको छ।

 

 

शिव बैकुण्ठ चतुदर्शीको अबसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रसार प्रचार गदै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस भनि विगत निरन्तर रुपमा मालिका महोत्सव आयोजना गदै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजक रामप्रसाद अर्यालले जानकारी दिए ।

कञ्चनपुर । नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो । यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । कार्तिक महिना यसको विशेष महत्व छ । विश्वभरीका हिन्दुहरु त्यहाँ पुगेर दर्शन गर्ने गर्दछन् । तपाईपनि तस्विरमै भएपनि दर्शन गर्नुहोस् । र सेयर गरेर मनोकामना पुरा हुने लाभ लिनुहोस् ।

 

 

हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन । पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आर्कशक गन्तव्य बन्न पुगेको छ ।

टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन् । स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ ।

 

 

ढुङ्गले भरिएको पथरिलो सडकमा सवारी साधान गुडाउदै यस क्षेत्रको अबलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन । प्रकृतीको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैदगरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत दुई बर्ष यता देखि हुदै आएपपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको शिक्षक राघव अबस्थीले बताए । ‘यस क्षेत्रमा पुग्दा प्राकृतिलेनै बनाई दिएको कलाकृति हेरेर मन्त्रमुग्ध नहुने कोही छैन’ उनले भने ।

टाढा बाट दृश्य नियाल्दा ढुङगालाई ठाउ ठाउमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटो बाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको उनले बताए । यस क्षेत्रले पर्यटकीय क्षेत्रका रुपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाईमा पर्न थालेको छ । स्थानिय बासिन्दाका अनुसार यहाँ दैनिक दुई वटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुदै आएको छ ।

 

 

यस क्षेत्रलाई स्थानिय बासिन्दाले धार्मिक क्षेत्रका रुपमा समेत लिने गरेका छन । शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ । स्थानिय ७७ बर्षिय बिरादत्त भट्ट शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने बताउ छन । माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको उनले बताए ।

 

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत बर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको हो । हाल जति बर्षा भएपनि माटोका मसिना माटोका आकास तर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानियको भनाई रहेको छ । यस क्षेत्रमा विसं २०२५ साल देखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अबस्थामा छन त्यही अबस्थामा पहिलेपनि देखेको बुढापाकाहरु बताउद छन ।

 

 

बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो । बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए । ‘लिङ्गा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं ।’

चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । बेदकोट नगरपालीकाको दैजी चौराहाबाट सडक मार्ग हुदै धर्मपुर हुदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

 

 

 

हाल नगरपालीकाले पर्यटकीय क्षेत्र सम्म पुग्ने सडकको स्तरोन्नतीको कार्य गरी पर्यटकीय क्षेत्रमा मन्दिर, मूर्तिहरु राखेको छ । सेल्फि खिच्न चाहने पर्यटका लागि सेल्फिप्वाईन्ट समेत निर्माण गरेको छ । नगरपालीकाका अनुसार एक बर्षको अबधिमै लिंगामा पुग्ने पर्यटकको संख्या ४० हजार बढी रहेको छ । आन्तरिक, छिमेकी देश भारत र तेश्रो मुलुकका पर्यटक समेत यहाँ पुगेका छन ।

अन्य समाचार, गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर बिदेशीनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको बिडम्वना नै भन्नु पर्दछ । स्वदेशमा रोजगारीको अबसर नपाए पछी रोजिरोटिको खोजिमा सुनौलो सपना बुन्दै खाडिको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौ हामी नेपाली ।राजनीतिक अस्थिरता ,लामो समय सम्म को द्वन्द र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको छ यो यथार्थ हो ।

 

 

चाहेर होस या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि सन्तानको सुन्दर भबिस्य बनाउन भनी आज लाखौ युवा युवती आफ्नो उमेर र जवानी बिदेशी भुमिमा बेच्न बाध्य भयका छौ । हो, आज अरबको मरुभूमि हरियाली बनाउदै छौ हामी तर दुस्खद कुरा त हाम्रो आफ्नै उर्बर भुमीमा चाही सुख्खा लगेको छ आज वर्षा याममा पनि चैत को खडेरी जस्तै सुख्खा ।

मनका हजारौं रहर चाहाना र आकाक्षा लाई मारेर आफ्नो मौलिकता ,सस्कति ,चाडपर्व अनि रितिरिवाज लाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै यहाँ भन्दा ठुलो बिडम्बना के रहला हामी नेपाली को लागि …? सुख ,दुःख जे जस्तै भए नी आफ्ना परिवार सङ साटासाट गर्दै मीठो नमिठो सगैं बसेर खाने ,पारिवारिक भेटघाट गर्न अनि रम्ने र रमाउने दिन साच्चै कहिले आउला सम्पुर्ण नेपाली को …?

 

 

यतिखेर नेपाली हिन्दु धर्मावलम्बी हरुको सबैभन्दा ठुलो चाड बडा दसै स्वदेशमा भित्री सकेको छ । मान्यजन को आशीर्वाद लिदै रातो टीका प्रसाद अनि जमरा लगाइ हासो खुशी बाढ्ने दिन को रौनक छाहिरहदा बिदेशी भुमिमा बाध्यता बस गुलाम बन्न पुगेका हामी जस्ता लाखौ नेपाली को भने उही दिनचर्या उही काम उही अवस्था ।

हाम्रा लागि दसै आयो त केबल सामाजिक संजालमा अनि समाचारमा र पात्रोमा आयो । न कम्पनीको छुट्टि न साथिभाइ स‘ग को रमाइलो ,न सेल रोटी ,न लिङ्गे पिङ, न निधारमा टीका हाम्रो न कानमा जमरा ,न बुबा आमाको आशीर्वाद उहीँ काम, उहीँ तनाव, उहीँ एक्लो पन बिगत सम्झेर टोलाउनु अनि तिनै बिगतका तस्वीर हेरेर मन बुझाउनु को कुनै विकल्प रहेन य‘हँ ।

 

 

 

बिरानो देश ,अनौठो भासा सस्कृति ,छुट्टै रहन सहन कस्ले बुझिदिने हाम्रो मर्म ..? बिहानै उठ्यो काचो होस या कचिलो पाकेको होस या काक्चै होस दुई गाँस टपक्क टिप्यो अनि लाग्यो फेरी त्यहिकाममा । दिन भरि कामामा मालिक को गाली कामको चाप र थकान शरीर लियर साझ लखतरान भयर कोठामा फर्क्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यही बिस्तारामा ।

निन्द्रा त कहा आउछ र सुते पनि बिगतको याद ले सताइ रहन्छ यो रमझम ती साथीसङ्गी ती नातेदार र आफन्तको सम्झनाले कोल्टे फर्दै उज्यालो भएको पत्तै हुदैन साच्चै ती दिनहरु बिछोडको पिडामा सम्झी रहदा कुन चै परदेसिको मन थिर मा रहला र ?

युद्ध मैदानमा होमिएको सिपाही झै नथाकिकन निरन्तर संघर्ष गर्नुपर्ने अनि अनेकौ सपना लाई बुन्दै अहोरात्र गुलामि गर्नुपर्ने हामी तमाम बिदेशीयका नेपाली को कथा ब्यथ एउटै रहेको छ भलै पात्र फरक रहलान ।स्वदेशमा चाडपर्व को रौनक बढ्दै जादा हामी खाडीमा गाडियका नेपालीको मन भने साच्चै छियाछिया भयको छ ।

 

 

अनि जतिसुकै पीडा र दुख भयनी हासी हासी घर देशमा रहेका आफन्त लाई भन्नै पर्न रहेछ यहाँ सबै राम्रो छ मेरो केहि चिन्ता लिनु पर्दैन राम्रो सङ चाडपर्व मनाउनु तर कठै यहाँ तप्प तप्प पसिना सङ्गै चुहियर बगेका आँसु त कस्ले देख्छ र जुन खस्न नपाइ बालुवामा बिलाइ सकेको हुन्छ ।हो त्यसैले हामी बिदेशी भुमिमा गुलाम बन्न आयका लाखौ लाख नेपाली हरुका लागि दसै तिहार जस्ता महान पर्व केबल सम्झना मै सिमित बनेका छन् । हालः युएईबाट

अन्य समाचार, लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी ! लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।

 

 

 

समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ। कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।

त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।

 

 

 

यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।

यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ। लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah