महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले आफ्नो पार्टनरलाई खुसी राख्नको लागि नै उनीहरू सेक्स गर्न राजी हुन्छन् । विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।
अमेरिकी समाज सेक्सप्रति उदार छ । सेक्सका कुरा खुल्लेआम हुन्छ त्यहां । यो विषयमा धेरै अध्ययन अनुसन्धन र विचारविमर्श पनि हुने गर्छ । अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रुपमै बताइदिन्छन् । हो, अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त छन् ।
उनले भनेका छन्–जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द लिन्छन् ।
यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन ।
यद्यपी महिलाहरू पनि सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास नगर्ने होइनन । र पनि महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञान सेक्स गर्ने पुरुषलाई पनि थाहा नहंदा समस्या देखिन्छ ।
युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् भन्ने ज्ञान पुरुषहरुमाहुनु जरुरी देखिन्छ ।
रोमान्टिक सम्बन्धमा उसको यौन सन्तुष्टि
समय बित्दै जाँदा पार्टनर जो रोमान्टिक सम्बन्धमा छ उसको यौन सन्तुष्टिमा कुनै उतारचढाव आउँछ कि आउँदैन यदि पार्टनरबीच यौन आनन्द कसरी बढाउन सकिन्छ भन्ने सीप छ भने के यौन सन्तुष्टि समयअनुसार बढ्न सक्छ कि समय बित्दै जाँदा पहिलो वर्षमा हुने यौन आनन्दपछि घट्दै जान्छ ।
हालसालै जर्मनीमा २ हजार ८ सय १४ जना वयस्क, जसको उमेर २५ देखि ४१ वर्ष थियो, मा यही विषयलाई लिएर अध्ययन भएको थियो । उक्त अध्ययन ती जोडीहरू जो सम्बन्धमा पूर्ण रूपमा प्रतिबद्ध छन् उनीहरूमा गरिएको थियो र यसको समय अवधि एक वर्ष लामो थियो । उनीहरूले यो अध्ययनमा ती जोडीहरूले ० देखि १० सम्म चिन्ह लगाउनुपर्ने थियो र ० भन्नाले यौन आनन्द पूर्ण रूपमा नभएको र १० भन्नाले यौन सन्तुष्टि पूर्ण रूपमा भएको ।
यसको नतिजा विवाह गरेको पहिलो वर्ष निकै उत्साहजनक भएको र दोस्रो वर्षपछि विस्तारै यौन आनन्दको अनुभूतिमा कमी आएको देखिएको थियो, तर यो अध्ययनको धेरै सीमितता भएको हुँदा हरेक जोडीमा यस्तै कुरा लागू हुन्छ भन्नेचाहिँ होइन । विशेष गरेर विवाह गरेको पहिलो वर्ष दुवै जनाले एक-अर्काको शरीरलाई बुझ्दै यौन सन्तुष्टि लिने र दिनेमा निकै मेहनत गरेको हुन्छ, त्यसैले पनि सुरुका वर्षहरूमा यौन आनन्द स्वभाविक रूपमा हुन्छ र समय बित्दै जाने क्रममा यौन सन्तुष्टि हुने नयाँ तरिकाको खोजी नगर्ने हो भने विस्तारै यौन सन्तुष्टिमा कमी आउँछ ।
यौन आनन्द पहिलो वर्षमा जस्तै कायम राख्न दुवै पार्टनरले एक–अर्कालाई रमाइलो र खुसी महसुस गराउने उपायको खोजी निरन्तर रूपमा गरी रहनुपर्ने हुन्छ र त्यसलाई आफ्नो व्यवहारमा पनि उतार्नु आवश्यक छ । यौन चाहना एउटा प्राकृतिक विषय हो । यसलाई सिकाइरहनुपर्ने आवश्यकता हुँदैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ ।
जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या नै भएका धेरै उदाहरण छन् । माथि भनिएजस्तै यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो ।
हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरी हाल्छन् । एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् ।
त्यसैले विशेष गरेर एक-अर्काप्रति हरेक व्यवहारमा सम्मान हुनुपर्छ । समय अनुसार शरीरमा आएको फरकपनलाई स्वीकार गर्दै प्रशंसा गर्नु अर्को महत्वपूर्ण पाटो हो । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ ।
त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हँसीमजाक गर्ने, यौनांगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टस प्रयोग गर्ने, एक-अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नु आवश्यक हुन्छ ।
आफ्नो पार्टनरलाई आफ्नो शरीर र उसको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु राम्रो उपाय हुन सक्छ । निरन्तर रूपमा यौन सन्तुष्टि हुँदा सम्बन्ध अझ बलियो, तनावमुक्त हुने र अन्य सामाजिक समस्यामा समेत एकअर्काको बलियो साथ प्राप्त हुने हुन्छ ।









