१३ चैत्र । नेपालमा रहेको प्रतिबन्धित भारु नोट सटहीमा ढिलाइ हुँदा समस्या देखिएको छ । नेपालमा रहेको प्रतिबन्धित १ हजार र ५ सय दरका भारु नोट सटहीबारे भारत सरकारले खासै चासो नदेखाउँदा समस्या देखिएको हो ।

खासगरी सिमावर्गि बजार अझ प्रभावित बनेका छन् । यसैविषयमा टिंगो लगाउन राष्ट्रवैंक र भारतीय अधिकारीहरुवीच यतिबेला छलफल चलिरहेको छ । नेपालमा रहेको प्रतिवन्धित नोट सटहीबारे बुझ्न आएको भारतीय उच्चस्तरीय टोलीले केन्द्रीय वैंकका पदाधिकारीसंग छलफल गरिरहेको हो ।

छलफलका लागि भारतीय अर्थमन्त्रालय र रिर्जभ वैंक अफ ईन्डिया आरवीआईको ४ सदस्यीय टोली हिजो नेपाल आएको थियो ।

वैंक तथा वित्तिय संस्थामा रहेको ८ करोड ३४ लाख भारी रिजर्भ वैंक अफ इण्डिया आरवीआईले साट्ने प्रतिवद्धता जनाएपनि सर्वसाधरणसंग भएको भनिएको रकमका बारेमा भने अझै यकिन भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्वर ८ मा राष्ट्रका नाममा सम्वोधन गर्दै १ हजार र ५ सयको नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा समेत यसको प्रभाव परेको थियो ।

नेपालमा रहेको प्रतिवन्धित १ हजार र ५ सयको नोट सटहीको व्यवस्था नहुदा व्यवसायी र सर्वसाधरण मर्कामा परेका थिए । भारतमा प्रतिबन्धित नोट सटहीका लागि डिसेम्वर ३० सम्मको समय दिइएपनि नेपालमा भने लागु भएको थिएन । राष्ट्रवैंक पदाधिकारीसंग आज छलफल पछि मात्रै भारतीय टोलीले निर्णय गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah