धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन् । ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन् । ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ । जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ ।

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ । भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ । गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ । त्यसोत भाग्यमा कर्म (काम)को पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन । यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ, जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घरलाई भाग्यवर्धक बनाउनुहोस्

– वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् । – घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् । – घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् । – घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् । – घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी (जल) राख्ने स्थान बनाउनुहोस् ।

– ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् । – विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् । – राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् । – घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस् । – घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस् । – घरका तीनवटा ढोका एकैतर्फ फर्किएको बनाउनु राम्रो हुँदैन ।

भाग्यवर्धक वस्तुको प्रयोग गर्नुहोस्

– रुद्राक्ष – शंख – घन्टी (घण्टा) – स्वस्तिक चिह्न – ऊँ को लकेट – कलश – गंगाजल – डोरो (नाडीमा बाँध्ने धागो) – कमलको फूल, तुलसी, रुद्राक्ष आदि

भाग्यवर्धक बोट–विरुवा

– केरा – तुलसी – मनी प्लान्ट – अनार – पीपल–बर – आँप – जामफल – कड़ी पत्ता – चम्पा चमेली

भाग्यवर्धक पशु–पंक्षी

– गाई–गोरु – गौंथली (चरा) – कुकुर – घोड़ा – भैसी – हात्ती – मयूर – बाँदर – गिलहरी – कमिला