हिन्दू धर्मग्रन्थहरु मध्येको सवैभन्दा ठूलो ग्रन्थ महाभारत हो । जसलाई पाँचौ वेदसमेत मानिन्छ । महाभारतमा आर्य संस्कृतिको अनुपम ग्रन्थ पौराणिक ऐतिहासिक तथा दार्शनिक ग्रन्थको रुपमा लिइन्छ । विश्व प्रसिद्ध भगवद्गीता पनि महाभारतकै अंश हो ।

कौरव र पाण्डबबीच कुरु क्षेत्रमा भएको युद्धको सुरुवातमा नै भगवान कृष्णले पाण्डुपुत्र अर्जुन मार्फत सम्पूर्ण मानवजातीलाई दिएको उपदेशको रुपमा गीतालाई धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
महाभारतमा विभिन्न प्रसंगहरु छन् ।

यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ ।

हस्तीनापुरको सीमा क्षेत्रलाई राजा पाण्डुले निकै विस्तार गर्दै चक्रवर्ती राजा बनेका थिए । काशी, अंगदेश, मगद लगातका धेरै लराज्यलाई पाण्डुले हस्तिनापुरमा गाभेका थिए ।

आफ्नो सीमा विस्तार गरेर राजकाज सम्हामल्न आएका राज पाण्डु युद्धको थकान मेट्नका लागि रानीहरुलाई लिएर वनमा जान्छन् । राजा पाण्डुका दुई पत्नी थिए । जेठी कुन्ती र कान्छी माद्री ।

राजकाजको जिम्मा आफू फर्केन नआउने बेला सम्मका लागि दाजू धृतराष्ट्र ९जो आँखा देख्दैन थिए, जसका कारण राजा वन्ने अवसर पाएका थिएनन्, कुरु वंशमा जेठो भएपनि उनी राजा बन्न पाएका थिएनन् ।० लाई दिएका थिए । वनमा आराम गर्न गएका पाण्डु एउटा समस्यामा पर्छन् ।

वन विलासमा गएका समयमा कान्छी पत्नी माद्रीले मृगको आवाज सुन्छिन् र पती राजा पाण्डुलाई मृग मारेर ल्याउन आग्रह गर्छिन् । पाण्डुले पनि मृगमाथी शव्दभेदी बाण चलाउँछन् । तर उक्त मृगको जस्तो आवाज किन्दम नाम गरेका ऋषिले आफ्नी पत्नीसँग सहवासका क्रममा निकालेका आवाज थियो । शव्दभेदी वाणका कारण ऋषि पतिपत्ननिको निधन हुन पुग्यो । जसका कारण ऋषिले राजा पाण्डुलाई पनि श्राप दिए । महिसँगको आलिंगन हुनासाथ मृत्यु हुने छ भन्ने ।

त्यतिबेलासम्म पाण्डुका कुनै सन्तान थिएनन् । उनी चिन्तामा परे । तर कुन्तीले उपाय निकालिन् । कुन्तीले दुर्वासा ऋषिबाट आफूले चाहँदा जुन भगवान पनि उत्पति हुने बर पाएकी थिइन् । त्यसको प्रयोग गर्दै पाँच छोराहरुको जन्म गराइन् ।

एक दिन राजा पाण्डु ध्यान गरिरहेका समयमा झरनामा पानी लिन गएकी कान्छी पत्नी माद्रीलाई कामुक अवस्थामा देखेपछि आफू सम्हालिन सक्दैनन् र उनले नमान्दा नमान्दै आलिंगन गर्न पुग्छन् । तत्कालै उनको निधन हुन्छ ।

राजा पाण्डुले आफ्नो मासु खान भने पाण्डवहरुलाई​

पाण्डवका पाँच छोरा थिए । जसमा युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल तथा सहदेव ।

पाण्डव ज्ञानी थिए । उनको अन्तिम इच्छा थियो की उनका पाँच छोराले उनको मृत शरीरलाई खाउन् ताकि उनीहरुले ज्ञान आर्जन गर्न सकुन् जो ज्ञान उनले पाएका थिए । त्यो ज्ञान छोराहरुमा जावस् भन्ने पाण्डुको इच्छा थियो ।

उनको निधनपछि पाण्डुपुत्रहरुले बाबुको शरीर खान मानेन् ।

तर सहदेवले भने आफ्ना पिताको इच्छा पालन गर्नका लागि मस्तिष्कको तीन हिस्सा खाएका थिए ।
पहिलो टुक्रा खानासाथ सहदेवलाई इतिहासको ज्ञान भएको थियो । दोस्रो टुक्रा खानासाथ उनलाई वर्तमान र तेस्रो टुक्रा खानासाथ भविष्यको ज्ञान भएको थियो ।

भविष्यबारे जान्दा जान्दैपनि उनले महाभारत युद्धलाई रोक्न सकेनन् । किनकी भगवान कृष्णले उनलाई श्राप दिएका थिए ।
यदी सहदेवले भविष्यलाई हेर्दै महाभारत युद्ध हुन्छ भन्ने बताएको क्षणमा नै उनको मृत्यु हुनेथियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah