हात्ति पाइले रोग बिरुद्धको औषधि घरघरमा लिएर आजबाट झापामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु आउदैछन् । राष्ट्रिय अभियान अन्र्तगत हात्तिपाइलेको औषधि ख्वाउने कार्य शुरु भइसकेको छ । बिडम्बना झापामा बिगतका बर्षहरुमा झापा जिल्लाकै सबैभन्दा कम अर्थात ४१ प्रतिशत दमकका जनताले मात्र यो औषधि खाएको लज्जाश्पद रिर्पोट सार्वजनिक भइसकेको छ । अनिवार्य रुपमा केहि तोकिएको बाहेक अधिकाँशले यो औषधि खानु पर्नेमा बुज्रुकहरुको बाहुल्यता रहेको दमकमा बिभिन्न भ्रममा परेर औषधि नखाने गरेको पाइएकाले यो बर्ष बिगतको जस्तो नहुने अनुमान गरिएको जिल्ला जन स्वास्थ्य कार्यालय झापाले जनाएको छ । २ वर्ष मुनीका बालबालिका, ७० वर्ष माथिका बृद्धबृद्धा र दीर्घरोगीले यो औषधी खानु पर्नेछैनपर्नेछैन । यो औषधी खाली पेटमा सेवन गर्न नहुने बताइएको छ । दमक अस्पतालकी डा.क्षमता घिमिरेका अनुसार यो सामान्य औषधि हो र अन्य बिरामी हुदा पनि कतिपय अवस्थामा यो औषधि सिफारीस गर्ने गरिन्छ । यो औषधिले सेवन गरेपछि कसैकसैलाइ पनि केहि समय असजिलो हुन सक्ने भएपनि केहि असर नगर्ने जनाइन्छ । घिमिरेले भनिन् ‘यो औषधी सेवन गरेपछि हात्तीपाइले रोगका किटाणु भएका मानिसलाई केही समयसम्म वाकवाकी लाग्ने, रिंगटा लाग्ने र ज्वरो आउने हुनसक्छ र त्यो केही समयसम्म मात्र हुनेछ । यसबाट आत्तिनु पर्ने र डर मान्नुपर्ने कुनै आवश्यकता छैन ।
दमकको इज्वत जोगाउनका लागि औषधि खाउ

सवाल नेपालसंवाददाताबुधबार, १४ चैत २०७३

दमकको इज्वत जोगाउनका लागि औषधि खाउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


