#


गर्मीमा अंगुर खानुका यस्ता छन् ७ फाइदाहरु

    २०७६ असार २५, बुधबार ०६:४० मा प्रकासित

काठमाडौँ । अंगुर मिठो र स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइड , कार्बोहाइड्रेट लगायतका तत्वहरु प्रशस्त मात्रामा पाइन्छन् । यो दुई किसिमको हुन्छ ,कालो र सेतो । आज हामी यही अंगुर खानुको फाइदाहरु बताउदै छौँ ।

-यदि नियमित अंगुर खाएमा दमको समस्याबाट बचाउँछ ।

-अंगुर खादाँ ह्रदयघात पनि बच्न सकिन्छ । किनभने यसले रगत जम्न रोक्छ ।

-यदि विहान खाली पेटमा दैनिक अंगुरको जुस खानुभयो भने तपाईको माइग्रेनको लागी राम्रो हुन्छ ।

-अगुंर खादाँ कब्जियत ,अपच जस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ ।

-नियमित अगुंर खानाले मिगौलाको समस्याबाट पनि बच्न सकिन्छ ।

-एक अध्ययनका अनुसार दैनिक अगुंर खादाँ महिलाहरुमा हुने स्तन क्यान्सरबाट पनि बच्न सकिन्छ ।

-त्यस्तै अंगुर खानाले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन समेत मदत गर्छ|

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु