१. एक कप पानीमा दुईचम्चा जीरा राखेर पाँचमिनेट उमाल्नुहोस् र पानी चिसो भएपछि त्यसमा दुईचम्चा मह मिलाएर पिउने गर्नाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि हुनुका साथै शरीर स्वस्थ राख्न मद्दत मिल्छ।

२. यसको सेवनले शरीरको दुषित पदार्थ, रगत, दिशा पिसाब सफा हुन्छ र रोग लाग्नबाट बचाउँछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३. यसको नियमित सेवनले खाना पचाउन मद्दत गर्नुका साथै पेट सधै दुरुस्त राख्नमा मद्दत गर्छ।

४. यदि तपाइँलाई कब्जियत भएको छ भने यो पानीको सेवनले कब्जियत निको पार्छ र पेट सफा हुन्छ।

५. जीरा र मह मिलाएको पानी सेवन गर्नाले शरीरमा क्यान्सरका सेल्स बन्नबाट रोक्छ र क्यान्सरबाट पनि बचाउँछ।

६. यसको नियमति सेवनले ब्लडप्रेशर नियन्त्रण गर्न मद्दत गर्छ।

७. जीरा मह मिलाएको पानीमा आइरन प्रशस्त मात्रामा पाइन्छ जसले शरीरमा रगतको कमी हुनबाट जोगाउनुका साथै एनिमिया रोग लाग्नबाट बचाउँछ।