#

नेकपा युवा संगठनको नाम र झण्डा विवाद टुंगियो

    २०७६ श्रावण २, बिहीबार १६:०७ मा प्रकासित

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठनको नाम झण्डाको टुंगो लागेको छ । नेकपाको युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ नेपाल’ टुङ्गो लागेको हो ।

यस अघि साविक नेकपा (माओवादी केन्द्र) को सहायक संगठन को रुपमा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) थियो भने, साविक नेकपा एमालेको युवा संगठनको नाम युवा संघ नेपाल थियो । झण्डा भने तत्कालीन युवासंघले प्रयोग गरिरहेको झण्डा नै हुनेछ ।

नाम र झण्डाको विषय लामो समयसम्म विवादित बनेपछि अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले विवादमाथि हस्तक्षेप गरी नामको र झण्डाको टुंगो लगाएका हुन् ।

मंगलवार बालुवाटारमा अबेर गरी सम्पन्न भएको शीर्ष नेताहरूको छलफलमा नाम र झण्डाको विषय टुंगिएको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु