तपाईंले आफूले आफूभित्रै कति फोहोर र जीवाणु होलान भनेर सोच्नु भएको छ? यदी छैन भने तपाई ढुक्क हुनुहोस तपाईको शरीरमा उत्पादन हुने फोहोर र रहने जीवाणुको संख्या धेरै हुन्छ । हाम्रो पेटको आमाशयमा मात्र २ हजार बढी प्रजातिका जीवाणू पाइने चिकित्सकहरुले बताएका छन् ।

युरोपियन मोलेकुलर बायोलोजी ल्याब्रोटरी तथा वेलकम स्यांगर इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार हाम्रो पेटको मुख्य अंग आमाशयमा मात्र २ हजारभन्दा बढी प्रजातिका जीवाणु पाइन्छन्। ती जीवाणुले हामीलाई स्वस्थ राख्न तथा हामीले खाएको खानालाई पचाउन हाम्रो पाचन प्रणालीलाई सघाउँछन्।

विज्ञान पत्रिका नेचरमा प्रकाशित समाचारअनुसार मानव उदरमा पाइने ती जीवाणुलाई वैज्ञानिकहरूले माइक्रोब नाम दिएका छन्। माइक्रोबमा समावेश विभिन्न प्रजातिका जीवाणुलाई सामूहिक रूपमा माइक्रोबायोटा भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय