काठमाडौं– नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान भएको छ ।बैंकले बुधवार गोरखापत्रमा विज्ञापन प्रकाशित गरी आवश्यक योग्यताप्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिइसक्न भनेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सीईओमा आवेदन दिन राजनीतिक दलको सदस्य हुन नहुने लगायतका शर्तहरू छन् । पारिश्रमिक ३ लाख रुपैयाँ तोकिएको छ । यसका अलावा अतिरिक्त सेवा सुविधा पनि पाइने सूचनामा जनाइएको छ । हेर्नुहोस्, सूचना: