दमक/झापाको दमकमा आउदो चैत्र ३१ बिहिवार साहित्यकार तथा मदन पुरस्कार विजेता झमक घिमिरेको जीवनिमा आधारित चलचित्र “जीवन काँडा कि फूल” को च्यारीटि शो हुने भएको छ । गौरादह नगरकार्यापालिका कोहवरा स्थित कटकपुर बस्तिमा रहेका विद्यालय नजाने मुसर समुदायका झण्डै २० बालबालिकाको शिक्षा क्षेत्रको विकासका निम्ति यो च्यारिटि सो गरिन लागेको आयोजक मिसन बेटर नेपालका कार्यक्रम संयोजक रबिन खतिवडाले बताए ।
यो फिल्म आफैमा उत्प्रेरणात्मक छ जसले निराशमा आशाको काम गर्दै युवाहरुमा सकरात्मक सोचको विकास गराउन महत्वपूण भुमिका निर्वाह गर्ने भएकाले देखाउन लागिएको उनको भनाइ रहेको छ । विहान ८ बजे झापा दमक नगर कार्यापालिकाको दमक चित्र मन्दिरमा सो सञ्चालन हुनेछ । बेटर नेपाल देश तथा विदेशमा रहेका युवाहरुको देश प्रेमलाई एकत्रित गरी देशलाई समृद्ध बनाउने अभियान रहेको कार्यक्रम संयोजक खतिवडाको भनाइ रहेको छ ।
यो अभियान र चलचित्रको च्यारीटि शो देश भर हुने जनाईएको छ । औपचारिक शुरुवात दमकबाट गरिएको उनको भनाइ रहेको छ । यो अभियान २०७३ कार्तिक २१ तदनुसार नोभेम्वर ६, २०१६ को धादिङ घोषणापत्र जारी गर्दै विधिवत् सुरुवात भएको थियो । विभिन्न क्षेत्रमा कार्यरत एवम् अध्ययनरत अवस्थामा देश र विदेशमा रहेका युवाहरुलाई एकत्रित गरी उनीहरुको ज्ञान, सीप, शिक्षा, समय र दक्षतालाई समृद्ध नेपाल बनाउने तर्फ प्रेरित गर्ने उद्देश्य लिइएको खतिवडाले जनाए ।



