दमक/झापा दमकका सामाजिक तथा राजनीतिक अगुवा, चलचित्रकर्मी गोबिन्द मोते राप्रपा छाडेर नेपाली काँग्रेसमा प्रवेस गरेकाछन् । उनि दोश्रो संबिधानसभा निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक उम्मेद्वार समेत रहेका थिए । शनिबार नेपाली काँग्रेस दमक नगर समितिले आयोजना गरेको कार्यक्रममा मोतेलाइ नेपाली काँग्रेसका नेता डा. रामशरण महत उनलाइ पार्टी प्रवेस गराएका हुन् । उनी अब काँग्रेसबाट वडाध्यक्षमा उठ्न सक्ने सम्भावाना रहेको बताइन्छ ।