काठमाडौँ| हलिउडका चर्चित जोडी एन्जेलिना जोली र ब्राड पिटको सम्बन्ध टुट्दा टुट्दै बचेको छ। १० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने बेलामा एन्जेलिना जोलीले ब्राड पिटलाई आफ्नो छोराछोरीलाई नराम्रो व्यबहार गरेको आरोप लगाइन् । यो खबरले हलिउड बजारमा खलबली मचिएको। पछि केही महिनासम्म ब्राड पिट त्यति सार्वजनिक पनि भएका थिएनन् । जोली पनि केही साता अघि कम्बोडिया भ्रमणमा गएको मात्रै सार्वजनिक भयो । तर, भर्खरैहलिउड मिडियाले सार्वजनीक गरेको समाचारले भने यो जोडीबारे नयाँ सम्भावना उजागर गरेको छ । समाचारमा अनुसार कम्बोडियामा पिट पनि गोप्यरुपमा पुगेका थिए । उनले त्यहाँ आफ्ना बच्चाहरुसँग समय बिताएको जनाइएको थियो ।
तर, पछिल्लो पटक प्रकाशित समाचारमा भनिएको छ डिभोर्सपछि पनि जोली र पिट बारम्बार भेट्ने गरेका थिए । उनीहरुले बच्चाहरुलाई सँगै हुर्काइरहेका छन् । सुरुवाती दिनमा जोलीले बच्चाहरुलाई पिटसँग घुम्न जानसमेत नदिएको समाचार सार्वजनिक भएको थियो । तर, अहिले जोली र पिट बारम्बार भेट्ने गरेको खुलासा भएको छ। समाचारमा जनाइएअनुसार जोली र पिट अहिले आफ्ना वकिलको उपस्थिति बिना नै सजिलै कुरा गर्न थालेका छन् जसले दुवैको सम्बन्ध केही सुमधुर बन्दै गएको आभाष मिल्छ ।



