नाट्कीय तथा फिल्मि शैलीमा प्रहरी महानिरीक्षकमा डिआइजी प्रकाश अर्याललाई नियुक्ति भएपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । सर्वोच्च अदालतको फैसला र परमादेशको आधारमा नवराज सिलवाल नयाँ महानिरीक्षक बन्ने अड्कल काटिदै आएको थियो । आज गृहमन्त्री नभएको मन्त्रीपरिषद्को बैठकले अर्याललाइ नियुक्ति गरेसंगै यो प्रकरण फेरी बिबादमा तानिएको छ ।

वरियता क्रममा दोस्रो नम्बरमा रहेका अर्याललाइ जालझेल गरेर पहिलो बनाएर महानिरीक्षक नियुक्ति भएपछि फेरी सिलवाल अदालतको ढोका पुग्ने श्रोतले बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा सरकारले फागुन १ गते चन्दलाई महानिरीक्षक नियुक्ति निर्णय गरे पनि अदालतले बदर गराएको थियो ।

महारनिरीक्षक नियुक्तिको बिषयमा नै आज ४ पटकसम्म मन्त्रीपरिषद्को बैठक बसेको बताइन्छ । एकैक्षणमा कार्यसम्पादन मूल्याङ्कन समिति बनाएर एक घण्टाभित्र नै मूल्याङ्कन गरेर सरकारलाइ पनि तत्काल सिफारीस गरेर अर्याल महारनिरीक्षक नियुक्ति भएपछि धेरैले आश्चर्य मानेकाछन् । मन्त्रि परिषद बैठकमा गृहमन्त्रि नगएको प्रति पनि आलोचना भएको छ ।

महानिरीक्षक बन्नु पर्ने नवराज सिलवाललाइ पाखा लगाएपछि सामाजिक सञ्जालहरुमा सरकारप्रति आक्रोश पोख्न शुरु भएको छ । सिलवालमाथि घोर अन्याय भएको भन्दै यसको सर्वत्र आलोचना भएको छ । नेपाली काँग्रेसका सभापति देउवाले सिलवाललाइ आइजिपि नियुक्ति गरे सरकार छाड्ने चेतावनी दिएकाले सरकार टिकाउन प्रचण्डले यो निर्णय गरेको धेरैजसो सञ्चारमाध्यमहरुले लेखिरेहकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot