दमक उद्योग बाणिज्य संघले अपाङ्गता भएका ब्यवसायिहरु तथा ब्यवसाय गर्न चाहानेहरुका लागि सहुलियत सहितको कार्यक्रमहरु बनाउन थालेकोछ । संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार संघले पहिलो चरणमा अपाङ्गता भएकाहरुलाइ दर्ता र सिफारीसमा आधा छूट दिने निर्णय भएको छ । अपाङ्गता भएकाहरुलाइ ब्यपारमा प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनका लागि बाणिज्य सघले बिभिन्न तालिम तथा सीप सिकाउने र ब्यापारका लागि सहजिकरण पनि गर्ने ढकालले जनाउनु भयो । उहाँका अनुसार अपाङ्गता भएका सबैले नयाँ बर्षसंगै सिफारीस, दर्ता लगायतका बाणिज्य संघले प्रदान गर्ने सबै सेवामा आधा छूट पाउनु हुनेछ । पछिल्लो समयमा दमकमा अपाङ्गता भएकाहरु ब्यापारमा आउने क्रम बढ्दै गएको छ । पहिलो चरणमा अपाङ्गता भएकालाइ र त्यसपछि महिला तथा पछाडि परेका समुदायलाइ पनि ब्यवसायमा ल्याउनका लागि प्रेरणा दिन अन्य कार्यक्रमहरु ल्याउन लागिएको बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार अपाङ्गता भएका तथा पछाडि परेका समुदायलाइ ब्यापार गर्न प्रोत्साहनका लागि स्थानीय तहसंग सहकार्य गरेर अघि बढ्ने योजना रहेको छ । द्धितिय उपाध्यक्ष यूवराज घिमिरेका अनुसार सघले बिभिन्न कार्यक्रमहरुलाइ समेत तिब्रता दिएको छ । केहि दिन अघि दमकका महिला ब्यवसायिहरुलाइ लक्षित गरेर एकसाता लामा उद्घोषण तथा ब्यापार कलाको बिषयमा तालिम समेत प्रदान गरिएको छ ।
दमक उद्योग बाणिज्य संघको सह्रनिय काम

सवाल नेपालसंवाददाताबुधबार, २८ चैत २०७३

दमक उद्योग बाणिज्य संघको सह्रनिय काम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


