दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा अहिले प्रगतीशिल प्यानलबाट अध्यक्षको उम्मेदवार हुन । भदौ २० मा हुने निर्वाचनको तयारीमा ब्यस्त रहनु भएको छ । खतिवडा एक सामान्य ब्यवसायी हुन् । उनले दमकमा झण्डै दूइदशक भन्दा अघि देखि ब्यवसाय गर्दै आएकाछन् । पुराना खेलाडि, सहकारीकर्मी पनि हुन् । मिजासिलो स्वभावका युवा ब्याक्तित्वको पहिचान बनाएका उनि रोटरी क्लव, लायन्स क्लव लगायतका संघसंस्थाहरुमा रहेर सामाजिक काममा पनि अग्रसरछन् । खतिवडासंग दमक उद्योग बाणिज्य संघको निर्वाचनको सन्दर्भमा रहेर गरिएको कुराकानी

चुनावी अभियानम ब्यस्त हुनुहुन्छ होला, कस्तो पाउनु भएको छ प्रतिक्रिया ?

सर्वप्रथम त यहाँहरुले हामीलाइ सधै देखाएको सद्भाव, सहानुभुति र विश्वासप्रति हामी ऋणी रहेकाछौ । यहाँहरुले हिजो हामीलाइ गरेको अगाध विश्वासका कारण नै आज हामीले दमक उद्योग बाणिज्य संघमा आमूल परिवर्तन ल्याएका छौ र अहिले पनि थुप्रै कामहरुलाइ निरन्तरता दिनु छ । यहाँहरुले बिगतमा गरेको सहि निर्णयले आज हामीले दमक उद्योग बाणिज्य संघको प्रतिष्ठा उच्च बनाउने तथा ब्यवसायीक हित कोष बनाएर ब्यवसायीको पीरमार्काको साथी बन्ने अवसर पाएकाछौ । यसले गर्दा सकारत्मक प्रतिक्रिया पाएका छौ ।

के काम गर्नु भयो र फेरी मत माग्दै हुनुहुन्छ ?

अध्यक्ष राजेन्द्र ढकाल सहितको  नेतृत्व आउनु अघि अर्थात तीनबर्ष अघिसम्म दमक उद्योग बाणिज्य संघको कार्यालय कस्तो थियो ? यहाँहरुले देख्नु भएकै हो । अनि अहिले कस्तो भएको छ त्यो पनि देख्नु भएको छ । अहिले सुविधा सम्पन्न र हामी ब्यवसायीले गर्व गर्न लायक भवन बनाएका छौ । कार्यक्रम हलदेखि पाहुना आउदा स्वागत गर्ने कोठासम्म हामीले सुविधा सम्पन्न बनाएका छौ । हिजो पाहुनाहरुलाइ बाहिर होटलमा भेटनु पर्ने र हामी ब्यवसायीले उठाएको रकम समेत त्यसमा पनि खर्च हुने गरेको थियो । यो तीन बर्षको अवधिमा हामीले होटलमा एक रुपिया पनि खर्च गरेनौ र हामीले पारदर्शी रुपमा काम गरेका छौ । ब्यवसायीक हितकोष बनाएका छौ । यसको निरन्तरताका लागि यहाँहरुले यो पटक पुन एक पटक मत दिनु हुन विनम्र अनुरोध छ ।

ब्यवसायीक हितकोषबारे पक्ष र बिपक्षमा कुरा उठिरहेको छ नी ?

बिभिन्न बिपत पर्दा हामी ब्यवसायीको समस्यालाइ टुलुटुलु हेरर बस्नुको विकल्प थिएन । हामीलाइ यहाँहरुले विश्वास गरेर जिताएपछि केहि गर्नु पर्छ भन्ने लाग्यो र लामो समय छलफल गरेर ब्यवसायीक हितकोष बनाउने निर्णय गरेका हौ । आज यसमा यहाँहरुको नै डेढ करोडभन्दा बढि रकम रहेको छ । अहिले ब्यवसायी तथा ब्यवसायीको परिवारमा कोहि सदस्यको मृत्यु भएको अवस्थामा कार्यविधि अनुसार सहयोग गर्न सक्ने हैसियतमा रहेका छौ र गर्छौ । आगलागि, बाढी तथा बिपतिको समयमा अहिले बाणिज्य संघ साथमा छ भन्ने देखाउन सक्ने अवस्थामा छौ यो ब्यवसायीको विश्वास हो । यसमा ब्यवसायीको माग बमोजिम बहुआयमिक बनाउनु पर्ने र क्षेत्र विस्तार गर्नु पर्ने महसुस गरेका छौ र त्यो गर्ने प्रतिबद्धता ब्यक्त पनि गर्दछौ । यो प्रत्येक बर्ष उठाइने होइन । तर प्रत्येक बर्ष उठाइने जसरी भ्रम छर्ने काम भएको छ । यहाँहरुको एक पटकको योगदान हो । यसर्थ भ्रममा नपर्न अनुरोध गर्दै यहाँहरुलाइ एकपटक पुन मतदान गरेर यसलाइ थप ब्यवस्थित बनाउने मौका प्रदान गर्न ब्यवसायी समक्ष बिनम्रताका साथ अनुरोध छ ।

इलम प्रशिक्षण केन्द्र उस्तै छ भन्छन् नी ?

यो एउटा हाम्रो ठुलो सम्पती हो । यसमा हामी सबै ब्यवसायीको चासो छ । हाम्रा छोराछोरी र आफन्त सीप सिक्ने र स्वरोजगार बन्ने थलो बनाउनु जरुरी छ । हराएको जग्गा हामीले धेरै दुख गरेर खोजेका छौ । ब्यवसायीहरुले बाणिज्य संघमा अहिले तथा जहिले पनि आएर फायल हेर्नु भयो भने त्यो थाहा पाउनु हुन्छ । बिगतमा कसरी कमजोरी गरिएको थियो र बिगतको गल्तिले गर्दा जग्गा कसरी गायव भएको थियो भन्ने प्रष्ट देख्नु हुन्छ । हामी अबको ३ बर्षभित्रमा सुविधा सम्पन्न भवन सहित यो यस क्षेत्रको एउटा राम्रो तालिम प्रदायक संस्थाको रुपमा विकास गर्छौ ।

कर नै करले ब्यवसायी हैरान छन् अनि बैकको ब्याज पनि मनपरी छ, के बोल्नु भयो ?

बिद्यमान कर प्रणालीबाट हामी सबै प्रताडित रहेका छौ । दमक उद्योग बाणिज्य संघ दमकका ब्यवसायीहरुको छाता संगठन हो । हामीले बैकको ब्याज जथाभावी बढाइरहदा बिरोध गरेका थियौ र गर्छौ । बैंकहरुलाइ सचेत गराएका हौ । यस्तो यसभन्दा अगाडि कहिल्यै भएको थिएन तर हामीले गरेका थियौ । ब्यवसायीले यो थाहा छ । हामी ब्यवसायीको हित बिपरीत कर बढाउने, भिटिएस जस्ता प्रावधान लागु गर्ने बिषयमा हाम्रो राज्यसंग गम्भिर असहमति छ र हामी ब्यवसायीको पक्षमा रहेका छौ । यस बिषयमा हामी शशक्त आवाज उठाउने छौ र हाम्रा कुरा सुनुवाइ नभएमा जस्तो सुकै आन्दोलन पनि पनि तयार हुनेछौ । यसर्थ बिगतको हाम्रो कामलाइ मूल्याङ्कन गरेर साथ दिनुहुने छ भन्ने विश्वास गर्दछौ ।

राजनीतिमुक्त बाणिज्य संघको नारा कहाँ पुग्यो ? सकिएको हो ?

हामी दमक उद्योग बाणिज्य संघलाइ राजनीतिमुक्त बनाउछौ । होला, हामी कुनै राजनीतिक दलमा आस्था राख्छौ तर त्यो आस्था बाणिज्य संघमा देखाउदैनौ । हिजो तीन बर्षमा हामीले त्यो देखाएको छौ र फेरी पनि देखाउछौ । समावेशीताको कुरा उठाएर जातीय रुपमा बजारमा हल्ला उठाईएको प्रति चिन्ता पनि हामीलाइ छ । यो जातीय निर्वाचन होइन यो बाणिज्य संघको निर्वाचन हो । यसरी ब्यवसायीलाइ बिभाजित नगर्न आग्रह गर्दछौ र बिभाजित नहुन आग्रह गर्दछौ । हामी सबैलाइ समेटेर अघि बढ्छौ । कसैले काखा र कसैलाइ पाखा गर्दैनौ । यो हाम्रो प्रतिबद्धता हो ।

सुरक्षित ब्यवसाय र औधोगिकरण मुद्धा बनाउनु भएको छ नी ?

हो, हामी तीन महिनाभित्रमा दमकलाइ सुरक्षित बनाउन १ सय २० भन्दा बढि स्थानमा सिसि क्यामेरा राख्ने छौ । यदि त्यो नगरे हामीलाइ बाणिज्य संघको कार्यालयमा ब्यवसायीले छिर्न नदिए हुन्छ । त्यो पुरा गर्छौ । यसले अहिले लागुऔषध प्रयोगकर्ता, दुले चोर लगायतका समस्या पनि हल हुन्छ । चौबीसैघण्टा दमक बजार सुरक्षा निगरानीमा हुने भएकाले सुरक्षा प्रत्याभुत हुन्छ ।
अर्को कुरा दमकमा अरबौको लगानी स्वीकृत भइसकेको छ । यहाँ ठुला मल्टिनेश्नल कम्पनीहरु खुल्दैछन् । यहाँको उत्पादन यहाँका हामी व्यवसायीले बिक्री गर्न पाउनुपर्छ भनेर हामी कुरा उठाउछौ र त्यो वातवरण तयार पार्छौ । यो हाम्रोलागि गौरवको बिषय हुनेछ । हाम्रो छोरोछोरी देखि लिएर आफन्तले यहाँ रोजगार पाउनु पर्छ भन्ने शर्तहरु हामी राख्नेछौ र यसले हामीलाइ फाइदा गर्नेछ । यहाँ प्रारम्भिक चरणदेखि ४० हजारभन्दा बढिलाइ रोजगारको अवसर हुनेछ ।

बाणिज्य संघमा जान लुछाचुडि किन भन्छन् नी ?

हो यो हामीले पनि सुनेका छौ तर हामीले संघलाइ मागि खाने भाँडो वा कुनै लडाइ जितेर अ‍ैस आराम गर्ने स्थल बनाउन चाहेका छैनौ । हिजो, ३ बर्ष अघि र अहिलेलाइ आँखा चिम्लेर हेर्नुहोस त कति परिवर्तन भएको छ । एक पटक गम्भिर भएर सोच्नुहोस त ! हामीले थालेका काम र अभियानहरु क्ति सार्थक भएकाछन् । छातीमा हात राखेर भन्नुहोस त हामीले कुनै गल्ति गरेका छौ ? यसर्थ विश्वास छ यो पटक म विमल खतिवडा सहितको प्यानललाइ मत दिनु हुनेछ । कामको निरन्तरता होस भन्ने चाहानु भएको छ । कसैको प्रभाव, दबाब, र भावानामा नबगि राजनीतिभन्दा माथि उठेर ब्यवसायीक हितको लागि सहित प्रगतीशिल समुहलाइ मतदान गर्नु हुनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

सबै ब्यवसायीमाझ हामी तथा हाम्रो टिम आउन सकेको छैन । यसमा हामी क्षमा माग्न चाहान्छौ । तर विश्वास छ हाम्रो कामलाइ यहाँहरुले नजिकबाट हेर्नु भएको छ । बुझ्नु भएको छ । यसर्थ परिवर्तनको निरन्तरता र राम्रो काम गर्नेलाइ प्रोत्साहनका लागि ब्यवसायीहरुले म सहित मेरो समुहलाइ मत दिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय