एजेन्सी । स्पेन मड्रिडको पुलिसले स्कर्ट लगाउने ५०० युवतीको गोप्य भिडियो बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
स्कर्ट लगाउने युवती जब मेट्रोमा चढ्छन्, तब उनले गोप्य तरिकाले भिडियो बनाउने गरेको रहस्य सार्वजनिक भएको छ ।
तलबाट माथिल्लो भागको भिडियो बनाउन सक्ने क्यामेरा राखेर एक युवकले भिडियो खिच्ने र पोर्न साइटमा हाल्ने गरेको पाइएको छ ।
ती व्यक्तिले अहिलेसम्म २ सय ८३ भिडियो पोर्न साइटमा हालिसकेका थिए ।
पुलिसले ५ सय ५५ जना पीडित युवतीको पहिचान गरेको छ । केही १३ वर्षमुनीका समेत रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आरोपित व्यक्तिले सन् २०१८ देखि नियमित युवतीको अश्लील भिडियो बनाइरहेको स्वीकार गरेका छन् ।
सुरक्षाकर्मीका अनुसार मेट्रो र सुपरमार्केटमा आउने युवतीको ती व्यक्तिले भिडियो बनाउने गरेका थिए । आरोपीले युवतीको नजिक जाने र राम्रो क्वालिटीको भिडियो बनाउने गरेका थिए ।
पुलिसले आरोपीको घरमा छापामारेर एक ल्यापटप, तीन हार्ड ड्राइभसहित भिडियो बरामद गरेको छ ।
उक्त व्यक्तिले सञ्चालन गरेको पोर्न साइटसमेत पुलिसले प्रतिबन्ध लगाएको छ । लाखौंले उक्त भिडियोको भिजिट गरेका थिए ।
आरोपी व्यक्ति कोलम्बियाको ५३ वर्षको रहेको पुलिसले जनाएको छ ।
एक युवतीको गोप्य अंगको भिडियो खिच्ने क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।
युरोपमा यो गम्भीर अपरामा पर्छ । ती व्यक्तिलाई दुई वर्षको जेल सजाय हुनसक्ने अनुमान गरिएको छ ।









