दमक उद्योग वाणिज्य संघको दुई दिन पछि ( भदौ २० ) नयाँ नेतृत्व चयन हुदै छ । आगामी तीन वर्षका लागि व्यवसायीहरुले आफनो नेता आफै चुन्दै छन् । नेतृत्वमा दलीय रुपमा दुई समूहमा व्यवसायीहरु केन्द्रीत छन् ।

नेकपाबाहेकका सवै दलीय शक्तिहरुले संयुक्त गठबन्धन बनाएका छन् भने नेकपाका व्यवसायी एकल चुनावी मैदानमा छ । व्यवसायीहरुको साझा संस्थाको नेतृत्व चयन हुन लागे पनि यसमा दलहरुको क्रियाशिलता उच्च छ । नेकपाको प्रगतिशिल व्यवसायिक समूह र नेपाली कांग्रेससहितका नौ वटा दलहरुले संयुक्त लोकतान्त्रिक व्यवसायी समूह वनाएर चुनावी मैदानमा छन् ।

लोकतान्त्रिक समूहको तर्फबाट गोकुल श्रेष्ठलाई अध्यक्षको उम्मेद्वारको रुपमा अघि सारिएको छ । वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष श्रेष्ठ व्यवसायको हितका लागि आफूसहितका गठबन्धनले यसपटक जित्ने विश्वास गर्छन् । अघिल्लो पटक वर्तमान अध्यक्ष राजेन्द्र ढकालसंग पराजय खेपेका श्रेष्ठ यसपटक भने आम दमकका उद्योगी,व्यवसायीहरुले न्याय दिने दावी गर्छन् । प्रस्तुत छ, दमक २ निवासी अध्यक्षका उम्मेदवार श्रेष्ठसंग वाणिज्य संघको चुनावी सेरोफेरोमा गरिएको कुराकानी ।

दमक उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेद्वारी किन ?

बिगतमा म कार्यसमितिको पदाधिकारीको जिम्मेवारी समेत सम्हालि रहँदा यहाँको आवश्यकता के हो ? कस्ता योजनाले व्यवसायलाई राहत पाँउछन् भन्ने कुरा प्रशस्त सिक्न पाएको छु । दमकका व्यवसायीहरुले आफ्नो नेतृत्वबाट ती सवै कुरा पाउन सकेका छैनन् । त्यसैले राजनीति भन्दा माथि उठेर व्यवसायीक हक,हित र सुरक्षा एवम् व्यवसायिक प्रवद्र्धनमा केन्द्रित हुने नेतृत्व टीम बनाउन मेरो उम्मेद्वारी परेको हो । यो मेरो मात्र चाहना होईन, दमकका बहुसंख्यक व्यवसायी साथीहरुको चाहना र बाँध्यता पनि हो । टिम निर्माण गर्न जसरी हामी एक जुटभएका छौ, यो नै दमकको व्यवसायिक इतिहासमा सुखद पनि मान्नु पर्ने हुन्छ ।

तपाईहरुको प्यानल बिभिन्न पार्टीले बनाएका छन्, उम्मेद्वारहरु पनि बिभिन्न दलबाट सिफारिस भएर आएका छन्, एक त सवै दलमा आवद्ध व्यवसायीले सवैलाई भोट दिन्छन् भन्ने के विश्वास फेरि फरक फरक दर्शनबाट आएको नेतृत्व पुगेमा त झन गञ्जागोल हुँदैन ?

बिभिन्न दलहरुले बनाएको भन्दा पनि बहुसंख्यक दलहरुको समर्थन रहेको प्यानल चाँहि हो हाम्रो । यो व्यवसायीहरुलेनै बनाएको र दलहरुले साथ दिनु भएको हो । सवैको साथ र समर्थननै हाम्रो जित्ने मुख्य आधार हो । आन्तरिक विश्वासनै हाम्रो उर्जा हो । फरक फरक पृष्ठभूमीबाट आएका उम्मेद्वारहरु भएकै कारण हाम्रो प्यानल साझा पनि भएको हो । आखिर संस्था चलाउन फरक दर्शनले के समस्या पार्छ र । त्यहाँ राजनीति गर्न जाने होईन, काम गर्न जाने हो । वाणिज्य संघलाई एउटै दलको कार्यालय जस्तो बनाउनु भन्दा साझा नेतृत्वनै व्यवसायीहरुको चाहना पनि हो । यसले पक्कै पनि सार्थकता प्राप्त गर्ने दुईमत छैन् ।

तपाई त अघिल्लो कार्यकालमा पनि अध्यक्षको उम्मेद्वार भएर पराजित हुनु भएको थियो, किन फेरि तपाईनै उम्मेद्वार हुनु भयो ?

लोकतान्त्रिक विधि र प्रकृयामा गए पछि निर्वाचनको परिणाम त्यस्तै आयो, हामीले स्वीकार ग¥यौं । तर के त्यो जित्ने नेतृत्वले दमकका व्यवसायीका समस्याहरु सम्वोधन ग¥यो त ? यसको उत्तर पनि खोज्ने बेला आएको छ । वाणिज्य संघलाई संस्थागत भन्दा केहि व्यक्तिको स्वार्थबाट चलाउने कार्य हुदैआएको छ,यसका विरुद्ध पनि आम व्यवसायिक जनमत निर्माण गर्न बाध्य हुनुपरेको हो ।

फेरि अर्को कुरा म उम्मेद्वार हुनुपर्छ भन्ने मेरो मात्र रहर र ईच्छा होईन । दमकका आम व्यवसायीहरुको राय र भावना पनि हो । त्यहि अनुसार अध्यक्ष मात्र होईन, सवै पदमा हामीले त्यहि अनुसार उम्मेद्वारहरु तय गरेका हौं । उम्मेदवारहरु सवै योग्य ,सक्षम छन् , त्यसैले पनि यस प्यानललाई विजय गराउने अपेक्षा गरेका छौं ।

तपाईहरुको प्यानलको प्रतिवद्धतापत्र त संघीय सरकारले अघि सारेका योजना बारे खासै केहि भनिएको छैन, ती बृहत योजनाहरु सफल बनाउनु व्यवसायीको चाँहि दायित्व होईन र ?

संघीय सरकारले ल्याएको योजना जस्तो पक्कै पनि छैन् । हामीले सार्वजनिक गरेका प्रतिवद्धताहरु सवै स्थानीय व्यवसायीको हित र व्यवसायिक प्रवद्र्धन गर्नका लागि नीतिगत दुरगामी योजनाहरुलाई प्रमुखताका उठान गरेका छौ ।

औद्योगिक पार्क बन्नु पर्छ हाम्रो पनि चाहना हो । हामीले यसलाई जोड दिएका पनि छौं । तर जव जव दमकका जुनसुकै चुनाव आउँछ अनि यस्ता योजनाहरुको बढि हल्ला गरिन्छ । केहि व्यक्ति यस्ता कुराको हल्ला गर्न र बिदेशी ल्याएर दमक घुमाउन चुनावनै पर्खिएर बसेका हुन्छन् ।

हाम्रो कुरा के भने हामी जुनसुकै तहका सरकारले ल्याउने व्यवसायीक तथा औद्योगिक योजनाहरु कार्यान्वयन गराउन भरपूर सहयोग गर्छौ तर आँफै बनाउने कुरा गर्दैनौं । हामी सानै कुरा गर्छौ तर सक्ने कुरा गर्छौं । व्यवसायीलाई अनावश्यक रुपमा थुपारिएको करका दर समायोजनका कुरा गछौं, व्यवसायीक प्रवद्र्धनको कुरा गछौं, संघलाई साझा बनाउने कुरा गर्छौ । नसक्ने कुरा केहि गर्दैनौं ।तर गरेका कुरा पूरा गराउन साँझा प्रतिवद्धता पुनः दोहोरयाँउन चाहन्छु ।

लोकतान्त्रिक समूहको व्यवसायिक प्रतिवद्धताहरु के के छन् त ?

हामीले २४ वुदे सार्वजनिक सो प्रतिबद्धता सार्वजनिक गरिसकेका छौं । मूलत वाणिज्य संघको निर्वाचनलाई उपयोग गर्नका लागि मात्र नभएर भोलिसम्मका लागि पनि यो हाम्रो व्यवसायिक प्रतिवद्धताहरु हुन् । यस एजेण्डालाई निर्वाचन मार्फत उपयोग गर्दे दमकको व्यवसायिक सम्मान, आर्थिक समृद्धि ,व्यवसायिक सुरक्षामा जोड दिनका लागि हामीले संकल्प घोषणा गरेका छौ ।

मूलत व्यवसायीलाई बोझको रुपमा रहेको भ्याट् लगायतको कर प्रणालीलाई व्यवस्थित गर्न पहल गर्ने, संघको पहलमा करदाता परामर्श सेवा हेल्प डेक्स सञ्चालनमा ल्याउने, व्यापारीलाई लिईदै आएको दोहोरो,तेहेरो करलाई न्यूनीकरण गरिने ,सडक पूर्वाधारका नाममा वजार प्रवेश गर्ने सवारी साधनलाई लिईदै आएको अतिरिक्त कर हटाउन पहल गरिने जनाईएको छ ।

यसैगरि, व्यवसायिक हितकोषलाई लागत अनुसार वितरण गरिने, संघमा आवद्ध हुने व्यवसायीसंग लिईदै आएको महंगो र अतिरिक्त शुल्क घटाउने ,फोहोरमैला संकलनको नाममा लिईदै आएको महंगो अतिरिक्त शुल्क घटाउने पहल गरिने छ ।

यस्तै, व्यवसायी र घरवालाको सुमधुर सम्बन्ध वनाउन दुवै पक्ष रहने गरि संघको अभिभावकत्वमा एक समिति निर्माण गरिने, संघमा आर्थिक अनुशासन कायम गरिने, फलफूल ,तरकारी तथा मासुजन्य पदार्थलाई विषादीरहित वनाउन आवश्यक प्रयोगशाला निर्माण गरिने छ । निस्कृय अवस्थामा रहेको इलम प्रशिक्षण केन्द्रलाई पुनः सञ्चालन गरिने, साप्ताहिक हाट तथा वजारलाई व्यवस्थित गरिने, दमकलाई सुरक्षित वजारका रुपमा विकास गर्न सीसी क्यामेरा जडान गरिने, दमकको औद्योगिक पार्क निर्माण गर्न संघमार्फत नीजि क्षेत्रलाई प्रोत्साहित गरिने, वन्द,हडताल तथा चन्दा आतंकलाई निस्तेज पारिने, लगायतका व्यवसायिक मुद्याहरु सुल्झाउने साँझा प्रतिवद्धता सार्वजनिक गरेका छौ ।

सहभागीता र समावेशीताको कुरा गरेर व्यवसायीहरुलाई भ्रमित पारेको भन्ने आरोप तपाईहरुलाई छ । समावेशीता जहाँ पनि चाहिन्छ र यस्ता कुराहरु उठाउनु प¥यो, वाणिज्य संघको निर्वाचनका बेला ?

हो, समावेशीता सहभागीता जहाँ पनि चाहिन्छ । हाम्रो संविधानको मर्मनै यहि छ । समाजका हरेक अंगहरु समावेशी र सहभागितामूलक हुनुपर्छ । यो संवैधानिक र समाजको आवश्यकताको कुरा पनि हो । हामीले पदाधिकारीमानै महिला समेटेका छौं, तर ३३ प्रतिशत अझै पु¥याउन सकेनौं । अन्य पदहरुमा पनि सवै पक्षलाई समेट्ने भरपुर प्रयास गरेका छौं । तर संविधानले सुनिश्चित गरेको सहभागीता र समावेशीताको कुरालाई नजरअन्दाज गरेनौं । जसले संविधानको मर्म बुझ्दैन र समावेशीतालाई उपेक्षा गर्छ, उसले मात्र हो यस्ता अपव्याख्या गर्ने जस्तो लाग्छ । हेर्नुस, हामीसंगै चुनावी मैदानमा आएका प्रगतिशील समूहले समावेशीतालाई कहाँ पो स्थान दियो ?

आदिवासी,जनजाति, महिला,अल्पसंख्यक र समाजको बहिष्करणबाट बञ्चित भएका समुदायलाई प्रतिनिधित्व गराउने कुरामा हाम्रो प्यानलले उच्च प्राथमिकता दिएको छ । यसर्थ पनि हामी जितको नजिक छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय