स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गरेका छन्। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि अभियान सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको दशरथ रंगशालाबाट शुक्रबार अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।

स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेकाले अभियान सुरु गरिएको बताएका छन्। ‘हरेक व्यक्ति स्वस्थ रहनका लागि व्यक्तिगत सचेतना र प्रतिबद्धता उत्तिकै जरुरी छ,’ मन्त्री थापाले भने, ‘जब व्यक्ति र परिवार स्वस्थ रहन सक्छ तब मात्र देश स्वस्थ हुन सक्छ।’

अभियान किन?

स्वास्थ्य मन्त्री थापाले जीवनशैलीमा आधारित रोगहरुको प्रकोप बढ्दै गएकाले अभियान सुरु गरिएको जानकारी दिए। ‘समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि उपचार खर्चको भार, अपांगता र अकाल मृत्यु बढ्दै गएको छ,’ उनले भने, ‘जीवनशैलीको सामान्य परिवर्तनबाट आफैँले पनि कतिपय नसर्ने रोग रोक्न र कम गर्न सकिन्छ।’

उनका अनुसार नेपालमा कूल मृत्युको ४४ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ। ‘हरेक वर्ष ८ देखि १० हजारसम्म क्यान्सरका नयाँ बिरामी थपिँदै गएका छन्,’ मन्त्री थापा भन्छन्, ‘एक तिहाई जनसंख्यामा उच्च रक्तचाप र १५ प्रतिशतमा मधुमेह छ।’ उनले यी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, व्यायामको कमी, अस्वस्थकर खानपान र वायु प्रदूषण रहेको बताए।

हरेक नागरिकलाई स्वस्थ जीवन जिउन मन्त्री थापाले पाँच प्रतिबद्धता गर्न आह्वान गरेका छन्।

यस्ता छन् ५ प्रतिबद्धता

१. म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ।

२. म नियमित व्यायाम गर्छु।

३. म स्वस्थ र पोषिलो खाना खान्छु।

४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु।

५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु।

एक वर्षे अभियानका योजना

१. सरोकारवाला निकायसँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने।

२. उच्च प्राथमिकतामा रहेका रोगहरुको पहिचान र रोकथामका लागि प्याकेज निर्माण गर्ने।

३. स्वास्थ्य सम्बन्धी दिवसहरुमा दिवस केन्द्रित कार्यक्रम मार्फत नसर्ने रोगको जनचेतना विस्तार गर्ने।

४. सरकारी र निजी स्वास्थ्य संस्थाहरुको सहकार्यमा उपचार र परीक्षणको प्याकेज उपलब्ध गराउने।

५. विद्यालयहरुमा प्रारम्भिक परीक्षण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

६. आमसञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत जानकारीमूलक सामाग्री प्रवाह गर्ने।

७. मोबाइल एप्स मार्फत स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने।

स्वास्थ्य खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah