दमक/नेपाली काँग्रेसबाट दमकमा मेयरमा ढुण्डिराज भण्डारीको सम्भावाना बढेर गएको छ । वडाहरुबाट गरिएको सिफारीसमा भण्डारी पहिलो नम्बर परेपछि उनि मेयरको बलियो उम्मेदवार बनेकाछन् । पार्टी श्रोतका अनुसार अहिलेसम्मको अवस्था हेर्दा भण्डारी नै मेयरको पक्कापक्की उम्मेद्वार हुन् । २ नम्बर सूचिमा शेरबहादुर भट्टराइ, ३ नम्बर सूचिमा रोशन गौतम, ४ नम्बर सूचिमा घनेन्द्र सुब्बा र ५ नम्बर सूचिमा पदम कोइराला रहेको बताईएको छ ।
भण्डारीको पल्ला भारी भएपछि उनि आन्तरिक कसरतमा लागिसकेको बताइन्छ । क्षेत्रिय समितिमा नगर समितिले राय सहित प्रतिबेदन पठाइसकेकाले केहि दिनभित्र नै
यस बिषयमा निर्णय आउने काँग्रेस श्रोतको भनाइ रहेको छ । जन भावानालाइ तथा कार्यकर्ताहरुको रायलाइ नै प्रमुख आधार बनाइने भएकाले भण्डारी नै मेयरको उम्मेदवार हुने नगर समितिका एक शक्तिशालि नेताले बताए ।
यता उपमेयरमा रेगिना भट्टराइको सम्भावाना प्रवल देखिएको छ । उनी एकनम्बर सूचिमा परेकी जनाइन्छ । यसैगरि गोमा बुढाथोकी २ नम्बर सूचिमा परेकीछन् । धेरैले लता चापागाइ पर्ने अड्कल गरेका थिए । तर चापागाइलाइ बुढाथोकीले टपेकीछन् । ४ नम्बरमा भने चन्द्रा खड्का परेको जनाइएको छ ।
दमकमा काँग्रेसबाट मेयरको एकनम्बर सूचिमा ढुण्डिराज भण्डारी र उपमेयरमा रेगिना भट्टराइ

सवाल नेपालसंवाददाताशुक्रबार, ३० चैत २०७३

दमकमा काँग्रेसबाट मेयरको एकनम्बर सूचिमा ढुण्डिराज भण्डारी र उपमेयरमा रेगिना भट्टराइ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३


