डा. राजेन्द्र / म १९ वर्षको भए । म १३ वर्षको हुँदा कुकुरसँग यौनसम्पर्क भएको यियो । दुई–तीन पटक लिङ्ग पसाउँदा वीर्य स्खलन होला जस्तो भएर बाहिर निकालेको थिएँ । त्यसको केही महिनापछि मेरो वीर्यमा ठोस पदार्थ (चामल जस्तो) देखियो । कुकुरसँग सम्पर्क हुँदा यस्तो हुन्छ र ? अनि यसबाट कुनै यौनरोग (SITI) सर्छ ? यौनरोग (SITI) पिसाब जचाउँदा थाहा हुन्छ भनिन्छ, पिसाबमा यसको असर देखिन्छ ? असर परेको वा नपरेको कसरी थाहा पाउन सकिन्छ ?

कुकुर सँगको यौन सम्पर्क
यौन मानिसको एक अभिन्न कुरा हुँदाहुँदै पनि यो एकदम गोप्य कुरा पनि हो । यौनसम्बन्धी कतिपय क्रियाकलापको सन्दर्भमा समाजको आ–आफ्नै नियम एवं मूल्य–मान्यता हुन्छ । सामान्यत: मानिसहरूले त्यसकै परिधिभित्र रहेर व्यवहार गर्छन्, तर समाजका नियम वा मान्यताभन्दा फरक किसिमको व्यवहार गर्ने व्यक्ति पनि समाजमा नहुने होइनन् । यस्तो व्यवहारलाई अंग्रेजीमा प्याराफिलिया भनिन्छ । सजिलो भाषामा भन्ने हो भने सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु नै प्याराफिलिया हो । कोही आक्कलझुक्कल यस किसिमको यौन व्यवहारमा संलग्न हुन गयो भन्दैमा त्यसलाई प्याराफिलिया भनिँदैन । प्याराफिलियामा त्यस किसिमको क्रियाकलाप यौन आनन्द पाउने कुराको केन्द्र बिन्दुका रूपमा हुन्छ र उनीहरूले त्यस्तो क्रियाकलाप नियमित रूपमा गर्छन् वा गर्न एक किसिमको आन्तरिक बाध्यता महसुस गर्छन् ।

कुकुरसँगको यौनसम्पर्क पशुकरणी हो र पशुकरणी पनि एक किसिमको प्याराफिलिया नै हो । जनावर वा पशुसँग योनि वा गुदद्वारमा यौनसम्पर्क राख्नु नै पशुकरणी हो र यसलाई bestality भनिन्छ । त्यसैगरी Zoophilia भन्नाले यदि कसैले यौन उत्तेजनाका लागि पशुसँग गरिने यौनक्रियाकलाप वा यौन परिकल्पनालाई बारम्बार दोहोर्‍याउँछ वा यौन उत्तेजनाका लागि नभई नहुने कुरा बन्छ भने त्यस्तो परिस्थितिलाई जनाउँछ । पशुकरणी गर्दा बाख्रा, बिरालो, सुँगुर, कुकुर, गाईवस्तु वा गधा आदि जनावर प्रयोग गरिएको पाइन्छ । केहीले घरपालुवा चरा जस्तै कि कुखुरासँग समेत यस्तो व्यवहार गरेको पाइन्छ । यसमा मानिसहरूले आफूसँग उपलब्ध तथा शान्त स्वभावका जनावर नै प्रयोग गरेको देखिन्छ ।

के कारणले हुन्छ ?
यो कुरा भन्न सजिलो भने छैन । यस किसिमको अनौठो व्यवहार किन हुन्छ भन्ने विषयमा अनेक सिद्धान्त छन् तर अन्तिम निक्र्यौल भने अझै हुन बाँकी नै छ जस्तो बुझिन्छ । धेरै व्यक्तिले यसलाई सामाजिक विकाससँग गाँसेका छन् र सम्बन्ध विकास गर्ने क्षमतामा कमी भएकाहरू यस्ता व्यवहारमा लाग्छन् भनिन्छ । संयोगवश आकस्मिक रूपमा कुनै परिस्थिति वा क्रियाकलापसँग यौनसुख गाँसिएको स्थितिमा कुनै व्यक्तिले त्यही कुरा बारम्बार दोहोर्‍याएर यौन सुख प्राप्त गर्न खोज्छ । यो त्यसैको परिणाम हो भन्नेहरू पनि छन् । केहीले यौन सम्पर्क राख्नै नपाउनु (sexual starvation), मानसिक रूपमै फरक किसिमको हुनु तथा यौन अतृप्ततालाई यसको प्रमुख कारण मानेका छन् । तपाईं विवाहित हुनु भएकाले यौन भोकमरीको स्थिति छैन । यौनरोग निको हुन्छ भन्ने अन्धविश्वासले पनि मानिसले पशुकरणी गरेका छन् । त्यसै गरी कतिपयले त मात्र जिज्ञासा (कस्तो हुँदो रहेछ हेरौं भनेर) वा आफ्नो यौनजीवनमा केही नौलोपन ल्याउन यसो गरेको समेत पाइएको छ ।

के यौनरोग लाग्ला ?
हुन त कुकुर तथा अन्य जनावरमा पनि उनीहरूकै यौनरोग हुन्छ, तर मानिसमा लाग्ने यौनरोग विशेषत: मानव–मानव बीच सर्ने रोग हो र सामान्यत: जनावरमा भएका यौनरोग मानिसमा सर्दैन ।

यसको अर्थ यो होइन कि अन्य रोग भने लाग्दैन । तपाईंलाई थाहै होला, कतिपय रोग पशुबाट मानवमा सर्छ र त्यस्ता रोगलाई हामी zoonoses भन्छौं । केही रोग सामान्य सम्पर्कवाट पनि सर्छ भने केही जनावरको वीर्य, योनिरस, पिसाब, थूक, दिसा वा रगतको सम्पर्कवाट सर्छ । यसका केही उदाहरण brucellosis, Q fever, leptospirosis, toxocariasis हुन् । कहिलेकाहीं जनावरको वीर्यको सम्पर्कले कडा किसिमको एलर्जीसम्म हुनसक्छ ।

असर परे/नपरेको कसरी थाहा पाउने ?
तपाईंमाथि असर परे/नपरेको कुरा थाहा पाउने उपाय परीक्षण नै हो । यसका लागि तपाईंले चर्म तथा यौनरोग विशेषज्ञवाट जँचाउनु उपयुक्त हुन्छ । तपाईंको यौन क्रियाकलापका साथै रोगको इतिहास, लक्षण तथा चिन्हहरू अनि अन्य परीक्षणका आधारमा के भएको छ भनेर निदान गरिन्छ । यसैक्रममा तपाईंलाई के भएको अनि असर परे/नपरेको थाहा पाउन सकिन्छ ।

रोगको इतिहास र लक्षणहरूका आधारमा के–कस्तो परीक्षण गर्नु उपयुक्त हुन्छ सोही अनुसार चिकित्सकले सल्लाह दिन्छन् । सिफिलिस, एचआईभी, हर्पिस, हेपाटाईटिसजस्ताका लागि रगतको परीक्षण उपयुक्त हुन्छ भने क्लामाईडिया वा गोनोरियाजस्ताका लागि पिसाबको परीक्षण गराउनुपर्छ । कुकुरसँगको यौन सम्पर्कबाट नै तपाईंको वीर्यमा परिवर्तन आएजस्तो लाग्दैन । एकपटक वीर्यको परीक्षण गराउनु भयो भने केही खराबी छ भने पक्कै थाहा पाउन सकिन्छ ।

अन्त्यमा, विचार गर्नुपर्ने अर्को कुरा के छ भने कुकुरसँगको आशक्तिले मानवसँगको प्रेमपूर्ण यौन क्रियाकलाप आदान प्रदान गर्न सक्ने क्षमतामा नकारात्मक असर पार्छ । नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले पशुकरणीलाई दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ । यो समाजमा अमान्य विषय भएकाले धेरैलाई थाहा भए तपाईंको सम्मानमा समेत नकारात्मक असर पर्न सक्छ । त्यसमाथि कसैले उजुरी गरिदिए यो एउटा ठूलै समस्या बन्न सक्छ ।

साभार श्राेतः कान्तिपुर साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय