बिष्णुप्रसाद पोखरेल
झापाको दमकको मूख्य गणतन्त्र अर्थात गोलो चोकमा हरित नगर सम्बृद्ध दमकको पहिचान स्वरुपको प्रतिकको अनावरण भएको छ । मूख्य गणतन्त्र चौकमा डाँफे र मूनाल रहेको प्रतिक शनिबार एक कार्यक्रमबीच दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यूवराज दाहालले अनावरण गरेका हुन् । यसले दमकलाइ नयाँ पहिचान दिने दाहालले बताएकाछन् ।
दमकमा आकाशे पूल पछि यो दोश्रो पहिचानको रुपमा यसलाइ अब लिन सकिने छ । दमकको भोलीको परिकल्पना र भबिष्यको प्रतिकको रुपमा यसलाइ निर्माण गरिएको नगरपालिकाको भनाइ रहेको छ । करिब यो बनाउन शुरु गरिएको एकबर्ष पुगिसकेको थियो । कतिले यो के बनाएको होला भनेर चासो पनि प्रकट गरिरहेको पाइन्थ्यो ।
दमकको दीर्घकालीन योजनाको रुपमा दूइ बर्ष अघिदेखि हरित नगर सम्बृद्ध नगरको परिकल्पना गरिएको छ । यसभन्दा अघि जनप्रतिनिधि रहदा दमकको मूख्य नारा कृषिमा आधारित औधोगिक नगर रहेको थियो ।



