बेलायतको प्रसिद्ध अखवार द गार्जियनले नेपाललाई बिदा मनाउने उपयुक्त पयर्टकीय गन्तब्यको १ नम्बर सूचीमा राखेको छ । दश प्रमुख गन्तब्यमा नेपाल सबैभन्दा माथी परेको हो ।
‘हाउ टु प्लान ए पोष्ट–ब्रेक्जिट होली डे– फ्रम सर्बिया टु द लेक डिस्ट्रिक्ट’ शिर्षकको उक्त अखवारको आइतवारको अनलाईन रिपोर्टमा नेपालमा आफ्नो बिदा मनाउन सबैलाई सुझाव दिएको हो ।
‘व्हेर टु गो : टेन कन्ट्रीज् थ्याट सुड बी अन युयोर आइटीनरी’ होडी डे बिज्ञ क्याथरिन सियरेरले भनेकी छिन– नेपाल युरोपभन्दा राम्रो छ ।’
रिपोर्टमा नेपाल केही बर्षयता माओवादी बिद्रोह, दरबार हत्याकाण्ड र बिध्वंशकारी भूकम्पबाट गुज्रेको भएपनि अहिले भब्य पुनरागमन भईरहेको उल्लेख छ । नेपालमा यात्रा गर्नेहरुले आशा र गतिशिलता महसुस गरेको रिर्पोट आएको भन्दै भ्रमणका लागि उपयुक्त रहेको सुझाईएको छ ।
‘प्रजातन्त्र उदाउँदो छ’ योर्क बिश्वबिद्यालयका एसिया रिसर्च नेटवर्क डा. क्लेयर स्मिथलाई उद्धृत गर्दै अखवारले लेखेको छ, ‘नेपाल भ्रमण गर्ने यो प्रेरणादायी क्षण हो । त्यहाँका परिकार पनि स्वादिला छन् ।’
हिमालय पर्वत श्रृंखला, बन्यजन्तु, मन्दिर, प्राचिन शहर र सांस्कृतिक बिबिधता नेपालका पर्यटकीय आकर्षण रहेको पनि अखवारले जनाएको छ । नेपालपछिको गन्तब्यमा दक्षिण अफ्रिका, अल्बानिया, बुल्गेरिया, कोलम्बिया, इरान, नामिबिया, मलेसिया, केन्या र सर्बिया रहेका छन् ।



