एजेन्सी- जागिरको धपेडी, चापले हृदयघात हुने खतरा २५ प्रतिशतसम्म बढाउन सक्छ । बेलायतमा गरिएको एक सर्वेक्षणमा यो कुरा पत्ता लागेको हो । उक्त अध्ययनमा दुई लाख कर्मचारी संलग्न थिए । अध्ययनअनुसार जुन व्यक्ति कम दबाबमा काम गर्छन्, उनीहरुको दाँजोमा बढी दबाबमा काम गर्नेमा हृदयघातको खतरा बढी हुन्छ । अनुसन्धान युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक मिका किविमाकीको नेतृत्वमा भएको थियो । उनले सो अध्ययनको रिपोर्टमा भनेका छन्, ‘यो खोजमा जागिरको दबाब हृदयघातको खतरासँग सम्बन्धित रहेको देखिएको छ ।’ सो अध्ययन बेलायत, स्विडेन, फिनल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, डेनमार्क, बेल्जियममा सन् १९८५ देखि २००६ सम्म गरिएको थियो । अध्ययनमा भाग लिने महिला र पुरुषसँग उनीहरुको काम गर्ने तथा निर्णय लिने स्वतन्त्रताबारेमा प्रश्न गरिएको थियो । यी प्रश्न उपलब्ध गराउनुअघि ती सहभागीलाई हृदयघात भएको थिएन । उक्त सर्वेक्षणको साढे सात वर्ष बितेपछि अनुसन्धानकर्ताले ती सहभागीमा मुटु रोगका दुई हजार तीन सय ५६ केस पाए ।
जागिरको धपेडी, चापले हृदयघात हुने खतरा २५ प्रतिशतसम्म
सवाल नेपालसंवाददातामंगलबार, ४ वैशाख २०७४

जागिरको धपेडी, चापले हृदयघात हुने खतरा २५ प्रतिशतसम्म
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



