मैले जे देखे त्यहि लेखे
बिष्णुप्रसाद पोखरेल
झापाको दमकमा आएर अभिनन्दन थापेपछि बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्माले एकमुखले भनेका थिए अब झापाको दमक र लखनपुर साथै पूर्वी नेपालमा नै केहिदिन भित्रै लोडसेडिङमुक्त हुन्छ । त्यतिमात्र होइन उनिहरुले हाल कमल गाँउपालिका र साविक लखनपुरको सव स्टेशनमा गएर बुझ्दा लोडसेडिङ नै नहुनु पर्ने अवस्था रहेको पाएको र तत्काल यस बिषयमा गम्भिर भएर लोडसेडिङ नगर्न निर्देशन दिएका पनि बताए ।











