बिष्णुप्रसाद पोखरेल

दमक । झापाको दमकमो मुख्य चौकमा राजधानी तथा उपत्यका बाहिर पहिलो पटक बनेको आकाशेपूल अहिले भेटघाट स्थल बनेको छ । कहि टाढाबाट आउने तथा यहि आसपासकाहरुले पनि आफू भेटिने स्थल तथा भेटनका लागि आकाशेपूललाइ प्रमुख स्थलको रुपमा लिन थालेकाछन् । बिभिन्न होटल तथा अन्य कुनै पसल भन्दा थाहा नहुनेलाइ आकाशेपूल भन्दा छिटो थाहा हुने र भेटन सजिलो हुने भएकाले यो भेटघाट स्थलको रुपमा परिणत भएको छ ।

होटल ब्यवसायि संघका क्षेत्रिय अध्यक्ष तथा यहि रहेको पाथिभरा होटल एण्ड पार्टी प्यालेसका प्रोपाइटर राजन दंगालका अनुसार बाटो काँट्न भन्दा पनि एउटा भेटघाट स्थल र पर्यटकीय केन्द्रको रुपमा आकाशेपूललाइ उपयोग गरिएको थियो । आकाशेपूलमा सेल्फि खिच्ने देखि लिएर प्रेमीप्रमिकाहरु भेटघाट गर्ने सम्मका कार्यहरु भएको देखिएको उहाँले बताउनु भयो ।

साँझपख र बेलुका यहाँ जोडिहरुको भिड लाग्ने एक प्रत्यक्षदर्शीले बताउनु भयो । कतिपय अवस्थामा त बेलुका अवाञ्छित तथा यौनजन्य गतिबिधिहरु पनि भइरहेको देखिने गरेको उहाँको भनाइ रहेको छ । साँझ इभिनिङ वार्क र बिहान मर्निङ वार्कको बहानामा आकाशेपूलमा आएर रमाइलो गर्नेहरुको भिड कहिलेकाहि रमित लाग्दो उनि स्थानीय प्रत्यक्षदर्शीहरु बताउछन् ।

आकाशेपूलबाट बाटो काट्नु पर्छ भन्ने चेतना कम रहेकाले त्यहि तलबाट बाटो काट्ने गरेको पाइएको स्थानीय सुधिर प्रधान बताउनु हुन्छ । आकाशेपूलको सिढिमा फोटो खिच्ने अनि उत्रेर तलबाट बाटो पार गर्नेहरु पनि देखिएको बताउदै आकाशेपूलबाट बाटो काट्ने जनचेतना आवश्यक देखिएको उहाँको भनाइ छ ।

दमक नगरपालिकाले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री यस क्षेत्रका साँसद केपी शर्मा ओलीको साँसद बिकास कोष, साँसद महेन्द्रकुमारी सुब्बाको साँसद बिकास कोष लगायत आन्तरिक श्रोतबाट दूइवटा आकाशेपूल निर्माणको योजना बनाएको थियो । एउटा भने सम्पन्न भइसकेको र अर्को बनाउन थालिएको छैन ।

पर्यटकीय रुपमा र सुरक्षित बाटो काट्नका लागि आकाशेपूल दमकमा प्रभावकारी भएको दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले बताउनु भयो । शुरुवातमा दमकमा आकाशेपुल निर्माण भइरहदा आवश्यकता नरहेको र बजेट दूरुपयोग भएको भन्दै नगरपालिकाको आलोचना समेत भएको थियो । त्यतिखेर बिरोध गर्नेहरु अहिले आएर राम्रो काम भएको बताउन थालेकाछन् ।

https://www.youtube.com/watch?v=ilvSvWYkwow&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah