झापाको दमक स्थित बहुमुखि क्याम्पसमा बिद्यार्थीको समस्याको बिषयमा प्राध्यापकको ध्यानकर्षण गराउन गएका स्वबियू सदस्यप्रति दूब्र्यवहार भएको भन्दै अनेरास्वबियूले कडा आपत्ती जनाएको छ । बिद्यार्थीको हकहितको बिषयमा कुरा गर्न जाँदा अनेरास्वबियूको तर्फबाट स्वबियूमा प्रत्यक्ष निर्वाचित सदस्य महेश भट्टराइमाथि प्राध्यापक लोकेन्द्र चेम्जोङले हातपात गरेको बताइन्छ ।
आज अनेरास्वबियू दमक बहुमुखि क्याम्पसका अध्यक्ष सबिन आचार्य र सचिब तनुजा दुलालले बिज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरेर दोषीमाथि कडा कार्वाही गर्न माग गरेको छ । कार्वाही नभएर शशक्त आन्दोलनको चेतावनी समेत दिएको छ ।



