युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिब पाहारीले दुई चरणमा चुनाव गराउने कुरा चुनाब टार्ने षड्यन्त्र भएको भन्दै किस्तामा गरिने चुनाबको युवा संघले कडा प्रतिबाद गर्ने बताएका छन । उनले हिजो दुई चरणमा चुनाब गर्न भएको भनिएको सहमती कुनै हालतमा स्विकार्न नसकिने भन्दै नेपाललाई सिक्किमिकरण गर्न खोजिएको बताए । नेकपा एमालेको लोकप्रियता देखेर अत्तालियाका केही देशि बिदेशी शक्तिहरु चुनाबबाट देशलाइ बन्चित गरेर अनिर्णयको बन्दी बनाउन लागि परेको पाहारिको आरोप थियो ।

नेकपा एमालेको पोखरामा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै पहाडिले देशि बिदेशि प्रतिक्रियाबादी शक्तिहरुको षड्यन्त्र परास्त गर्न लागि आफ्ना नेता कार्यकर्ताहरुलाइ आग्रह गरकाछन् । अब चुनाब सार्ने षड्यन्त्रका बिरुद्ध युवा संघ हातमा दहि जमायर नबस्ने बताए । प्रधानमन्त्रीको कुर्सि र सत्ता जोगाउन मुलुक समाप्त गर्न खोज्ने काँग्रेस र माओबादी केन्द्रलाइ जनताले चिनिसकेको भन्दै उनिहरुको असली हैसियत देखिने उनले बताए । जुनसुकै निर्वाचनको प्रतिस्पर्धामा सहभागी भएपछि आएको परिणाम लाई सहर्ष आत्मसाथ गरेर अगाडी बढनुपर्छ । बिजय र पराजय एउटा सिक्काको दुई पाटा भएको जनाउदै यसलाइ स्वीकार्न उनले सुझाव दिए ।