तिहार लगत्तै मौसम चिनिन थालेको छ । जाडो लागेसँगै केही राहत तथा केही समस्याहरु पनि एक साथ देखा पर्न थालेका छन् । जाडो मौसमको प्रारम्भमा तथा अन्त्यमा हामीले केही स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । त्यसमध्येको एक हो हाम्रो ओठ फुट्नु ।

हाम्रो शरीरका अन्य अंगहरुको तुलनामा ओठको छाला १० गुणा नाजुक तथा कोमल हुन्छ । ओठ हाम्रो सुन्दरताको अभिन्न अंग हो । तर, हाम्रो लापरवाही अथवा मौसमको कारणले ओठहरु भद्दा बन्न पुग्छन् । तर, केही कारण अरु पनि हुन्छन् । जसले ओठ फुट्नका लागि सहयोग पुर्‍याउँछन् । अनिवार्य कुरा के छ भने हामीले तीनको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । उपचारमा जानुअघि हामीलाई के कुराको जानकारी हुनुपर्छ भने कुन कारणले तपाईंको ओठ फुटेको हो ।

ओठ फुट्ने कारणहरु:

शरीरमा पानीको कमी

जाडो मौसममा हरेक व्यक्ति नै ओठ फुट्ने समस्याबाट पीडित हुन्छन् । तर, शरीरमा पानीको कमी भयो भने जाडो मात्र होइन । गर्मी मौसममा समेत हाम्रो ओठ सुख्खा हुन थाल्छ । किनभने शरीरमा भएको पानीको कमीको प्रभाव ओठमा समेत पर्दछ । घर बाहिर निस्कने क्रममा रुखापन अझ बढेर जान्छ । त्यसैले शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन । अनिवार्य कुरा के छ भने दिनमा कम्तिमा ८ गिलास पानी पिउनैपर्छ ।

बोटलबाट पानीको सेवन

यदि तपाईंको बोतलमा सोझै मुख गाडेर पानी पिउने बानी छ भने पनि त्यसले तपाईंको ओठ फुटाउन सक्छ । किनभने त्यसरी पानी पिउँदा तपाईंको ओठले पानीलाई स्पर्श गर्न पाउँदैन । अर्थात् ओठ भिज्दैन । जसका कारण पनि ओठ फुट्न थाल्छ । त्यसैले हामीले सकेसम्म गिलासबाटै पानी पिउने बानी बसाउनुपर्छ ।

मुखबाट सास फेर्नु

जब-जब हामीलाई रुघा लाग्छ । त्यो बेला हामी नाकबाट सास फेर्न सक्दैनौं । फलस्वरुप हामीले मुखबाट सास फेर्नु पर्ने हुन्छ । मुखबाट सास फेर्ने क्रममा हावा हाम्रो ओठ हुँदै मुख भित्र प्रवेश गर्छ । जसका कारण ओठको ओसिलोपना समाप्त हुन्छ र हाम्रो ओठ फुट्न थाल्छ । तर, केही व्यक्तिहरुको बानी नै नामको साटो मुखबाट सास फेर्ने हुन्छ । जसका कारण त्यस्ता व्यक्तिहरुको ओठ हरेक मौसममै फुटिरहेको हुन्छ ।

त्यसरी सास फेर्नु न केवल ओठको लागिमात्रै नभएर समग्र स्वास्थका लागि समेत हानिकारक हुन्छ । किनभने सास फेर्ने प्रक्रिया नाकाबाट मात्रै गरिन्छ, मुखबाट होइन । त्यसैले तपाईंले आजैदेखि आफ्नो यो बानीमा परिवर्तन ल्याउनैपर्छ ।

ओठमा जिब्रो घुमाउनु

केही व्यक्तिहरु आफ्नो ओठलाई ओसिलो बनाउनका लागि आफ्नो जिब्रो ओठमा घुमाइरहन्छन् । यसबाहेक उनीहरु ओठलाई टोक्ने, ओठका नरम छालालाई दाँत अथवा हातले कोट्याउने समेत गर्छन् । यो कि्रयाले ओठ अति नै खराब हुन्छ । त्यसो गर्नाले तपाईंको ओठ रुखो तथा निर्जीवझैं हुन्छ । त्यसैले तपाईंले यसप्रकारको बानीलाई छाडेर समेत आफ्नो ओठको समस्याबाट केही हदसम्म छुटकारा पाउन सक्नुहुनेछ ।

ओठलाई नरम बनाउने उपाय

मह तथा भ्यासलिन

ओठमा मह लगाउने र त्यसमाथि भ्यासलिन लगाएर १० मिनेटसम्म त्यसै छाडिदिनुपर्छ । त्यसपछि ओठलाई टिस्यु पेपरले सफा गर्नुपर्छ । यसो गर्नाले करिब एक हप्तामै तपाईंले आराम पाउनुहुनेछ ।

महमा एन्टिब्याक्टेरियल गुण हुन्छ र त्यसले घाउलाई चाँडै भर्ने काम गर्छ । त्यहीँ, भ्यासलिनले रुखो छाला तथा रुखो ओठलाई नरमपना प्रदान गरेर त्यसलाई मुलायम बनाउँछ । यो उपाय अपनाएर तपाईंले आफ्नो ओठलाई नरम तथा स्वस्थ राख्न सक्नुहुनेछ ।

गुलावको पत्ता

आधा कप दूधमा पाँचदेखि छ वटा गुलावको फूलको पत्तालाई मिसाएर तीन घण्टाका लागि राखिदिने र त्यसपछि उक्त मिश्रणलाई राम्ररी पेस्ट बनाउने । त्यसपछि करिब १५ मिनेटका लागि त्यसलाई आफ्नो ओठमा लगाउने र चिसो पानीले सफा गर्ने । तपाईंले यसरी गुलावको पात र दूधको पेस्टलाई हरेक दिन एक अथवा दुई पटक लगाउनुपर्नेछ । यसले हाम्रो ओठलाई सूर्यको किरणबाट समेत जोगाउँछ । किनभने गुलावको पातमा हुने एन्टि-इन्फ्लेमेटरी गुणले छालालाई घामबाट हुने हानिबाट बचाउन सहयोग पुर्‍याउँछ । यतिमात्र होइन, गुलाव जलले समेत हाम्रो छालालाई स्वस्थ बनाउनका लागि उपयोग हुन्छ ।

चिनी र जैतुन

चिनीलाई जैतुनको तेल तथा महसँग मिसाउने तर चिनीलाई घुल्न नदिने । त्यसलाई स्क्रबझैं आफ्नो ओठमा लगाउने । स्क्रब गरेपछि मन तातो पानीले ओठलाई धुने । यसलाई हप्तामा तीन पटक गर्न सकिन्छ ।

चिनी एक उत्कृष्ट एक्सफोलिएट हो । जसले तपाईंको फुटेको ओठलाई ठिक पार्न सहयोग पुर्‍याउँछ । त्यसले स्क्रब गर्नाले ओठ एक्सफोलिएट हुन्छ र रुखो छालाबाट छुटकारा पाउन सकिन्छ । महले छाला नरम र मुलायम हुन्छ भने ओलीयआयलमा भएको एन्टि-इन्फ्लेमेटरी तथा एन्टि-क्यान्सर गुणले हामीलाई छालाको क्यान्सर हुनबाट समेत जोगाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय