कमल गाँउ पालिकामा पर्ने साविक लखनपुर १ पाडाजगिमा रहेको प्रवेस होटल एण्ड लजमा यौन तथा अश्लिल कृयाकलपाहरु सञ्चालन हुने गरेको पाइएपछि प्रहरीले छापा मारेको छ । यो होटल केहि महिना अघिदेखि मात्र सञ्चालनमा आएको हो ।
होटल एण्ड लजमा चेकजाचँ गर्ने क्रमममा होटल संचालक कृष्ण कुमार श्रेष्ठले होटलमा नियमित ईन्ट्रि नगरी मानिसहरु राखेको र ति मानिसहरुमा महिला पुरुष भेला जम्मा भई सामाजिक बिक्रिती फैलाउने जस्ता कृयाकलाप गरी बसेको पाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा निम्नअनुासर रहेकाछन् ।
१) जिल्ला सिन्धुली हाल धनुषा जिल्ला जनकपुर न.पा.वडा नं. ८ बस्ने बर्ष ४३ को दुर्गा प्रसाद कोईराला ।
२) जिल्ला झापा लखनपुर गा.बि.स. वडा नं. १ हाल कमल गाउपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को कृष्ण कुमार श्रेष्ठ ।(होटल संचालक)
३) भारत विहार अररिया वडा नं. १० हाल बाह्रघरे स्थित खोला बगरमा काम गर्ने बर्ष ४५ को मुवारक हुसेन ।
४) जिल्ला झापा बिर्तामोड न.पा.वडा नं. १३ बस्ने बर्ष २१ कि प्रिया श्रेष्ठ ।
५) जिल्ला ताप्लेजुङ्ग निराउदीन गा.बि.स.वडा नं. ३ घर भई हाल दमक न.पा.वडा नं. ९ बस्ने बर्ष २२ कि सम्झना लिम्बु ।
६) जिल्ला नुवाकोट जिलिङ्ग गा.बि.स.वडा नं. ४ हाल झापा दमक न.पा.वडा नं. ५ बेलडागी रोड बस्ने बर्ष २० कि अस्मिता लामा । .



