नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आहिले सरकार कुनै पनि हालतमा चुनाव हुन नदिने खेलमा रहेको दाबी गरेकाछन् । उनले यो सरकार जालझेल र बद्नीयतपूर्ण तरिकाले निर्वाचन हुन नदिने खेलमा लागेको दाबी गरेकाहुन् । एमाले प्रचार विभागले स्थानीय निर्वाचनका सन्दर्भमा आयोजना गरेको प्रचार भेलालाई सम्वोधन गर्दै ओलीले राज्यलाइ असफल बनाउने झेलिहरुलाइ एमालेले ठेगान लगाउने पनि बताउनु भएको थियो ।

बिभिन्न प्रकारका षडयन्त्रहरु भइरहेको भन्दै अहिले सीमा हेरफेर गर्ने, स्थानीय निकाय नै हेरफेर गर्ने धादलीपूर्ण र वदनियतपूर्ण कदमहरु एकपछि अर्को गर्दै भइरहेको ओलीले बताए । निर्वाचन मिति घोषणा भएपिछि रातीराती विजुलीका पोल बाँड्ने, प्रहरीभित्र आतंक मच्याउने काम भएको भन्दै यसको बिरोध गरे । उनले भने–‘डीआइजीलाई घरमै लगेर अपहरण गरिन्छ ।’ राज्यको यस्तो हर्कतले नेपाली जनता निराश भएको उनको भनाइ रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले नेपाली काँग्रेस र सत्तारुढ दलहरु हावादारी प्रचारमा लागेको बताउदे यसको भण्डाफोर गर्न जरुरी रहेको जनाए । यसैगरि ‘राष्ट्रलाई विखण्डनतिर लैजाने काम भएको भन्दै यसमा सचेत हुन ओलीले आग्रह गरे । उनले भने–‘एमालेमात्र नभएर भौगोलिक अखण्डता चाहने, स्वतन्त्रता चाहने सबैले त्यो षडयन्त्रलाई तोड्नुपर्छ ।’ ओलीले सरकारको कडा आलोचना गर्दै भने–‘यो सरकार भनेको धाँदलीबाँज हो,’ उनले भने, ‘यो सरकार धाललीबाज हो, यो सरकार किर्ते पनि हो ।’ ओलीले जाली–फटाहा किर्ते सरकार भएको टिप्पणि गरे । सरकारको मैमत्तालाइ घुडा टेकाएर भएपनि एमालेले चुनावको वातवरण तयार पार्ने ओलीले उल्लेख गरे ।

(हेर्नुहोस ओलीको अहिलेसम्मकै कडा भिडियो)

https://youtu.be/zuAfWrVwgrg